हामीले बच्चैदेखि धेरै हल्लाहरू सुन्दै आएका हौँ। कहिलेकाहिँ हाम्रा बुवाआमाले हामीलाई डर देखाउनका लागि पनि कैयौँ बनावटी कुराहरू भन्ने गर्नुहुन्थ्यो। कतिपय परम्परा त यस्तो हुन्थ्यो जुनको कुनै वैज्ञानिक कारण नै हुन्थेन। उदाहरणको लागिः अझै पनि कतिपय दुर्गम गाउँमा महिनावारी भएका महिलाहरूलाई घरभित्र नराखी गाईभैँसीको गोठमा सुताउने चलन रहेको छ। यस्तो रुढीवादि परम्परा अनि अन्धाधुन्ध विश्वास गर्ने परम्पराले गर्दा मानिसको स्वास्थ्यमा प्रत्यक्ष नकारात्मक असर परिरहेको हुन्छ।
तर, कुनै कुनै कुराहरू यस्ता हुन्छन्, जुन रुढीवादि परम्पराबाट चलेका हुँदैनन्, बरु त्यसलाई मानिसहरूले बच्चैदेखि पछ्याउँदै आइरहेका हुन्छन्। हामीले त्यस्ता स्वास्थ्य सम्बन्धी केहि मिथ्या कुराहरूको सूची बनाएका छौँ, जसलाई वास्तै नगर्दा उचित हुन्छ।
यी हुन् स्वास्थ्य सम्बन्धी ५ हावा कुरा:

१. “चुइङ्गम निल्यो भने आन्द्रामा टाँस्सिन्छ”

२. “सेतो कपाल उखेल्यो भने अर्को दुईवटा पलाउँछ”

सत्य कुराः सेतो कपाल उम्रेको छ भने उखेल्नुहोस्, केहि हुँदैन। सेतो कपाल पलाउनुमा तपाईँको जिनले भूमीका खेलिरहेको हुन्छ, त्यसलाई तपाईँले उखेल्नु र नउखेल्नुमा कुनै मतलब राख्दैन। एउटा कपाल झरेपछि अथवा उखेलेपछि फेरि उम्रिनको लागि करीब ६ महिना लाग्दछ। त्यति अवधीभित्र त पक्कै पनि थुप्रै सेता कपालहरू पलाउने गर्दछन्, तर त्यो त तपाईँको जिनको कारण हो- उखेलेको कारणले होइन।

३. “माउण्टेन डिउ पिउँदा पुरुषको अण्डकोश सुक्दछ”

सत्य कुराः माउण्टेन डिउ प्रेमीहरू ढुक्क हुनुहोस्। यो हल्लाले के भन्न खोजेको हो भन्दा, माउण्टेन डिउले पुरुषको शक्रकीटको सङ्ख्यामा थोरै मात्रामा कमी गराउँदछ। तर अण्डकोश नै सुक्दछ भन्ने कुराको कुनै प्रमाण भेटिएको छैन।

४. “चिसो मौसममा बाहिर निस्कँदा रुघा लाग्छ”

सत्य कुराः “वास्तवमा चिसो मौसमले रुघा लाग्ने होइन”, चिकित्सक भन्छन्, “रुघा त कोठाभित्र बसिरहेका मानिसहरूसँगको संसर्गबाट सर्ने ब्याक्टेरिया र भाइरसहरूले गर्दा लाग्ने हो।” त्यसैले झन् चिसो मौसममा कोठाभित्र बस्नुभन्दा बाहिर निस्कनु उचित हुन्छ। तर अति नै चिसो छ भने चाहिँ भित्रै बस्नुहोस्, तातो पानी पिउनुहोस्।

५. “खानेकुरा भुइँमा खस्यो भने ५ सेकेण्ड भित्र खाँदा पनि फरक पर्दैन”

सत्य कुराः ५ सेकेण्डलाई ० सेकेण्ड बनाउँदा ठीक हुन्छ। खसेको खाना खाँदा त्यससँगै टाँस्सिएर आउने ब्याक्टेरिया पनि खाइन्छ जसले गर्दा ग्यास्ट्रिकसम्बन्धी समस्या, आन्द्रा सम्बन्धी समस्या आउँदछ। कति बेर भुइँमा खस्यो भन्ने कुराले समस्या आउँछ कि आउँदैन भन्ने कुरामा कुनै प्रभाव पार्दैन। जति बेरसम्म खसेपनि त्यसमा ब्याक्टेरियाहरू टाँस्सिसकेका हुन्छन्। त्यसैले त्यस्ता हावा कुराहरूलाई घाममा सुकाइदिनुहोस्। नेपाली हेडलाइनबाट

0 comments Blogger 0 Facebook

Post a Comment

 
Dainik khabar © 2013. All Rights Reserved. Powered by Blogger
Top