काठमाडौं, २३ माघ । मुटुको चाल एक्कासी बढेपछि शनिबार उपराष्ट्रपति नन्दबहादुरलाई अस्पतालमा भर्ना गरिएको छ । उनलाई काठमाडौंस्थित नेपाली सेनाको अस्पतालमा भर्ना गरिएको छ । अहिले उपराष्ट्रपति नन्दबहादुर पुनको स्वास्थ्यमा क्रमिक सुधार आएको अस्पतालले जनाएको छ। उपराष्ट्रपति पुनको एक्सरे, इसिजीलगायतका परीक्षणमा ‘सामान्य’ देखिएको छ । यद्यपी उनको स्वास्थ्य अवस्था अझै पुरानै अवस्थामा आएको छैन। उपराष्ट्रति पुन आज विहान तामाङ जातिको नयाँ बर्ष ल्होसारको अवसरमा आयोजित कार्यक्रम उद्घाटन गर्न बिहान ७ बजे काठमाडौंबाट सिन्धुलीमाडी लागेका थिए। एघार बजेतिर सिन्धुलीमाडी पुगेका उपराष्ट्रपति पुनलाई बाटोमै केही अप्ठेरो भएको थियो। जाँदाजाँदै लगलग काँप्ने र ज्वरो आयो। मुटुको चाल बढ्यो। सास फेर्न पनि अप्ठेरो भयो। त्यहाँ उनलाई सिन्धुलीका डाक्टरले चेकजाँच गरेपनि छिटो काठमाडौं लान चिकित्सकले सुझाव दिएका थिए । चिकित्सकको सुझाव अनुसार उपराष्ट्रपति पुनलाई नेपाली सेनाको हेलिकप्टर मार्फत बेलुकी सिधै नेपाली सेनाको अस्पतालमा पु-याएको थियो। यसअघि मृगौलाको समस्याबाट पीडित पुनको मृगौलाको अवस्था भने सामान्य देखिएको छ।

0 comments Blogger 0 Facebook

Post a Comment

 
Dainik khabar © 2013. All Rights Reserved. Powered by Blogger
Top