माघ २६, बर्दियामा प्रहरी नायव निरीक्षक नर बहादुर बिकलाई एक लाख ५० हजार रुपैयाँ घुस लिदाँलिदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले पक्राउ गरेको छ । अख्तियारको क्षेत्रीय कार्यालय टोलीले जिल्ला प्रहरी कार्यालय बर्दियाको मुद्दा फाँटमा कार्यरत प्रहरी नायव निरिक्षक नर बहादुर बिकलाई १ लाख ५० हजार रुपैयाँ घुस लिदाँलिदै पक्राउ गरेको हो । ठगी मुद्धाको आरोपमा हिरासतमा रहेका व्यक्तीलाई छुटाइदिने भन्दै हिरासतमा रहेकाको आफन्तसँग बिकले १ लाख ५० हजार रुपैयाँ घुस मागेपछी अख्तियारको टोलीले निगरानी बढाएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एसपी दिपक थापाले हिरासतमा रहेकाको मुद्धा छिटो गरीदिने र छुटाइदिने भन्दै १ लाख ५० हजार रुपैयाँ घुस लिँदा लिँदै जिल्ला प्रहरी कार्यालयको अपराध अनुसन्धान शाखा मुद्दा फाँटबाट सई बिकलाई पक्राउ गरेको बताएका छन् ।

0 comments Blogger 0 Facebook

Post a Comment

 
Dainik khabar © 2013. All Rights Reserved. Powered by Blogger
Top