माघ २६, रौतहटमा गोरुले खेतमा लगाएको बाली खाएको निहुमा एक बृद्धको हत्या भएको छ । बाली खाएको निहुमा लाठीले हानेर चन्द्रपुर नगरपालिका वडा नम्बर ८ पौराई घर भएका शेरफलो तामाङले छिमेकी ६२ वर्षीय मानबहादुर वाइबालाई हत्या गरेका हुन् । वाइबाले पालेको गोरुले तामाङको खेतमा रहेको मुसुरो बालीमा चरेको निहुँमा उनको हत्या भएको हो । इलाका प्रहरी कार्यालय चन्द्रपुरले लाठी प्रहारबाट घाइते भएका वाइबालाई उपचारको लागि चन्द्रनिगाहपुर अस्पतालमा ल्याउने क्रममा बाटोमै ज्यान गएको जनाएको छ । डिएसपी मनोज यादवले तामाङ्गले टाउकोमा लाठिले हिर्काएर बृद्ध वाइबाको हत्या गरेको जनाउँदै वाइवाको हत्या गरी फरार रहेका तामाङको खोजी भइरहेको बताएका छन्

0 comments Blogger 0 Facebook

Post a Comment

 
Dainik khabar © 2013. All Rights Reserved. Powered by Blogger
Top