काठमाडौं, २६ माघ - अन्तराष्ट्रिय क्रिकेट परिषद आइसिसिले नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेको बलिङलाई अष्ट्रेलियाका पूर्वक्रिकेटर शेन वार्नको बलिङसँग तुलना गरेको छ। बंग्लादेशमा जारी यु-१९ विश्वकपमा लामिछानेले बलिङ गरेको भिडियो आफ्नो वेबसाइटमा राख्दै आइसिसिले उनलाई वार्नसँग तुलना गरेको हो। मंगलबार पाकिस्तान विरुद्ध २१औं ओभरमा उनले बलिङ गर्दै गरेको भिडियो वेबसाइटमा राखेको हो। लामिछानेले यसपटक यु-१९ विश्वकपमा ह्याट्रिकको किर्तिमान राखे। आयरल्याण्ड विरुद्धको यो खेलमा उनले ५ विकेट लिए। १५ बर्षका लामिछानेले जारी प्रतियोगितामा १३ विकेट लिइसकेका छन्। आफ्नो समयका प्रतिभाशाली बलर वार्नले टेष्ट र एकदिवसीयमा गरी १हजार भन्दा बढि अन्तराष्ट्रिय विकेट लिएका छन्।

0 comments Blogger 0 Facebook

Post a Comment

 
Dainik khabar © 2013. All Rights Reserved. Powered by Blogger
Top