माघ २६, कास्कीको लेखनाथमा रहेको बेगनास तालमा एक जना विदेशी महिलाको शव फेला परेको छ । स्थानीय बासिन्दाले मंगलबार बिहान ११ बजेतिर तालमा अन्दाजी २७/२८ वर्षकी जस्ती देखिने महिलाको शव तैरीरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी निरिक्षक मित्र अर्यालले प्रहरीको उद्धार टोलीले तालबाट शव बाहिर निकाले पनि पहिचान खुल्न नसकेको जानकारी दिएका छन् । उक्त शवको साथमा कुनैपनि कागजपत्र नरहेकाले पहिचान गर्न मुस्किल भएको प्रहरीले जनाएको छ । मृतक महिलाको शरिरमा कुनै पनि चोट नलागेकोले सोमबार तालमा डुबेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । प्रहरीले उनी तालमा आफै खसेको वा कसैले खसालेको भन्नेबारे अनुसन्धान भइरहेको बताएको छ ।

0 comments Blogger 0 Facebook

Post a Comment

 
Dainik khabar © 2013. All Rights Reserved. Powered by Blogger
Top