काठमाण्डौं , २६ माघ  । भूकम्पछि चीनसँग जोडिएको तातोपानी नाका सञ्चालनमा नआएपछि नेपाली व्यवसायीको साढे २ अर्बभन्दा बढीको सामग्री नाकामै अलपत्र परेको छ ।
भूकम्पछि चीन सरकारले तातोपानी नाकालाई बन्द गरी रसुवा नाकालाई खुकुलो बनाएपति नेपाली व्यापारीको सामाग्री तातोपानी नाकामा कुहिने अवस्थामा पुगेको छ ।
अधिकांश साना व्वसायीको सामग्री नाकामा रोकिएकाले उनीहरु आत्महत्या गर्ने अवस्थामा पुगेको हिमालय सिमापार व्यापार संघका अध्यक्ष विष्णु खत्रीले जानकारी दिए ।
नेपाली व्यवसायीलाई चीन सरकारले खासामा प्रवेश गर्न नदिएकाले व्यवसायीहरुले आफ्नो सामाग्रीबारे जानकारी पाउनसमेत नसकेको उनको भनाई छ ।  आजको नेपाल समाचारपत्रमा खबर छ ।

0 comments Blogger 0 Facebook

Post a Comment

 
Dainik khabar © 2013. All Rights Reserved. Powered by Blogger
Top