साउथ अफ्रिका केप टाउनकी जस्मीन गेएर ४० वर्षकी भईन । दुइ दशक देखि उनी छालामा हुने रोगले पिडीत छिन् । उनको अनुहार र शरिरमा आएको सेतो दागले पुरै जीवन नै बर्बाद बनाइदिएको छ । विगत २० वर्षदेखि यो रोगको कारण मानिसको छिछि दुर्दुर र तिरस्कार सहेर बसेकी छिन् ।
दुइ बच्चाकी आमा जस्मीन दिउँसो बाहिर जान रुचाउँदिनन् । भिटिलो सहयोग समुहले उनलाई उनको पहिचान  दिन मद्धत गरेको छ । संस्थाले उनीमा आफुँ सुन्दर भएको कुरामा आत्मविश्वास जगाउने प्रयास गरेसंगै पछिल्लो हप्ता जस्मीनले आफ्नो र परिवारको तस्वीर सार्वजनिक गरेकी छन् । उनले यो रोग र सामजको तिरस्कारलाई नकार्दै आफुं सुन्दर भएको कुरा आत्मसाथ गर्दै आफ्ना तस्वीहरु सामाजिक संजालमार्फत सार्वजनिक गरेकी हुन ।

0 comments Blogger 0 Facebook

Post a Comment

 
Dainik khabar © 2013. All Rights Reserved. Powered by Blogger
Top