ताइवान , २४ माघ । ताइवानमा गएको शक्तिशाली भूकम्पमा परी च्यापिएका एकसय भन्दा बढी व्यक्तिलाई उद्धार गरिएको समाचार छ । सो भूकम्पमा परी हालसम्म २३ व्यक्तिको मृत्यु भएको बताइएको छ ।
यस भूकम्पमा परेर च्यापिएका २५० भन्दा बढी व्यक्तिलाई यसअघि नै आकस्मिक उद्वारकर्ताहरुले उद्वार गरेको बताइएको छ । गत शनिबार बिहान गएको ६.४ रिक्टर स्केलको सो भूकम्पका कारणमध्य ताइपेइको १६ तले भवन भत्किएको थियो ।
भूकम्पमा मारिएकामध्ये २१ जना सोही भवनको भग्नावशेपमा परी ज्यान गएको अधिकारीहरुले जनाएका छन् । ती २१ जनामा १० दिने एक बालिकासहित ६ जना बालबालिका रहेका बताइएको छ ।
सो भूकम्पका कारण भएको भागाभागमा परी दर्जनौँ व्यक्ति घाइते भएका छन् । घाइते मध्ये केही व्यक्तिको अवस्था गम्भीर रहेको हुनाले मृतकको सङ्ख्या बढ्ने प्रहरीले जनाएको छ । ताइवानमा सन् १९९९ मा आएको ७.६ को भूकम्पमा परी करिब दुई हजार ४०० व्यक्तिको मृत्यु भएको थियो ।

0 comments Blogger 0 Facebook
Post a Comment