नेपालका पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति स्वर्गीय सुशील कोइरालाको अन्त्येष्टि गर्ने समय पञ्चक तिथि परेकाे कृयासिल धर्मसाश्त्रीहरूले बताएका छन । धर्मशास्त्रीहरुका अनुसार ‘पञ्चक तिथिमा शवको दाहसंस्कारको काम गर्नै नहुने’ र गरीहाले ५ वटा कुस वा चामलकाे पिठाेकाे ५वटा पुत्ला बनार्इ मृत शरिरसंगै त्यस्काे पनि दाहसंस्कार गरीनुपर्ने अन्यथा अनिष्ठ हुने धर्मशास्त्रीहरूले बताएका छन । धर्मशास्त्रीहरूकाे अनुसार पञ्चक तिथि सुरू भैसकेपछि काठ , दाउरा किन्न नहुने बताएका छन । इटहरीका युवा ज्याेतिष शास्त्री कमल दहालका अनुसार नेपालका पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति स्वर्गीय सुशील कोइरालाको निधन भएकाे समय पञ्चककाे याेग परेकाेले मुलुकमा केही अनिषठ हुन सक्ने बताएका छन । काठ तथा दाउरा भेला पार्न नभएकै कारण पञ्चक अवधिमा शवको दाहसंस्कार समेत गर्न नमिल्ने र दोष नमेटाई दाहसंस्कार गरे अनिष्ठ हुने युवा ज्याेतिष शास्त्री दहाल बताउछन । शास्त्रले पञ्चक अवधिमा दाहसंस्कार गर्नै परे कुस वा चामलको पीठोको पाँचवटा पुतला बनाएर दाहसंस्कार विधि अनुसार सेलाउनुपर्ने बिभिन्न धार्मिक पुस्तकहरूमा स्पस्ट उल्लेख नै गरेकाे ज्याेतिष दहाल बताउछन । उनका अनुसार माथि उल्लेखित भए अनुसार उनकाे अन्तिम संस्कार नभए मृतककाे परिवारको पाँचजनासम्मलाई त्यसको दोषले भेट्ने र राज्यमा अभिभावकको निधन भए थप पाँच नेतालाई त्यसको दोषले भेट्ने संभावना रहन्छ ।’ के हो पञ्चक ? हिन्दु धर्ममा कुनै पनि काम गर्नका लागि शुभ अशुभ मुहुर्त विचार गर्ने गरिन्छ । ज्योतिषका अनुसार कुनै नक्षत्रमा शुभ कार्य गर्नु राम्रो मानिन्छ भने कुनै समयमा विशेष काम गर्नै नहुने समेत मानिन्छ । धनिष्ठा, शतभिषा, पूर्वा भाद्रपद, उत्तरा भाद्रपद एवं रेवती पनि यस्ता नक्षत्रको समूह हो । धनिष्ठाको प्रारम्भ सँगै रेवती नक्षत्र को अन्त सम्मको अवधीलाई पञ्चक भनिन्छ । पञ्चकको समयमा घरको छानो छाउन, खाट बनाउन वा इन्धन जम्मा गर्न तथा दक्षिण दिशामा यात्रा गर्नु अशुभ मानिन्छ । पञ्चक रोगपञ्चक, राज पञ्चक, मृत्यु पञ्चक, चोर पञ्चक गरी विभिन्न ५ प्रकारको हुन्छ । पञ्चकमा गर्न नहुने ५ काम -पञ्चकको समयमा खाट बनाउनु अशुभ मानिन्छ । यो समयमा खाट बनाउँदा संकट आउन सक्छ । -पञ्चकको समयमा घनिष्ठा नक्षत्र चलिरहेको समयमा घाँस दाउरा वा पानी जम्मा नगर्नु राम्रो मानिन्छ । यो समयमा आगलागीको खतरा हुन्छ । -पञ्चकको समयमा दक्षीण दिशा यात्रा गर्नु अशुभ मानिन्छ । -पञ्चकको समयमा रेवती नक्षत्र चलिरहेको छ भने घरको छानो छाउन हुँदैन । यसले घरमा समस्या आउने शास्त्रको भनाइ छ । -पञ्चकको समयमा अन्तिम संस्कार समेत सोंच विचार गरेर गर्नु पर्छ । शव सँगै कुश वा आटाको पुतला बनाएर जलाउँदा दोष काटिने गरुण पुराणमा उल्लेख छ । युवा ज्याेतिष शास्त्री कमल दहालसंगकाे कुराकानी र बिजसाला अनलाइनकाे सहयाेगमा अाधरीत

0 comments Blogger 0 Facebook

Post a Comment

 
Dainik khabar © 2013. All Rights Reserved. Powered by Blogger
Top