एसएलसीको प्रमाणपत्र नक्कली भएका १२ जना डाक्टरलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग सिआइबीले पक्राउ गरेको छ। २ जना सरकारी अस्पताल र बाँकी निजी अस्पतालमा कार्यरत डाक्टरहरुलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ।
चीनबाट ५ जना, रसिया,भारतबाट,बंगलादेशबाट र पाकिस्तानबाट एमबिबिएस गरेका १-१ जनालाई नियन्त्रणमा लिइएको सिआइबीका डिआइजी हेमन्त मल्ल ठकुरीले जानकारी दिए।
नक्कली प्रमाण पत्रहरुको आधारमा अध्ययन गरी सोही आधारमा चिकित्सक दर्ता प्रमाण पत्र लिई चिकित्सक बनि काम कार्य गरेको कारण पक्राउ गरेको ठकुरीले बताए। उनीहरु चिकित्सक दर्ता परीक्षामा उतिर्ण नै नभई बिना दर्ता प्रमाण पत्र रजिष्‍टर्ड चिकित्सक हुँ भनि मानिसहरुको उपचार गराईरेहको थाहा पाएपछि पक्राउ गरेको उनले बताए।
डाक्टरहरु सन्तोष कुमार यादव, तुलसीकुमार महतो, रामबाबु गिरी, पशुपतिचौधरी, शमरुलहक महमद, मोहमद सिद्धिकी,कल्याण विश्वास, बिनिता यादव, भगवान केवकमल्लाह, शेलेन्द्र कुमार महतो, श्यामबाबु शाह पक्राउ परेका हुन्।
१० जनाले भारतको एसएलसीको  नक्कली प्रमाणपत्र बनाएको र  बाँकी २ जनाको नेपालबाट किनेको अनुसन्धानबाट खुल्न आएको डिआइजी ठकुरीले बताए। पक्राउ गर्न सिआइबीले अप्रेशन क्विक संचालन गरेको थियो।
पक्राउ परेका चिकित्सकहरुकाे नाम
राम बाबु गिरी
अनारमनी गा.वि.स.-३ झापा
BNC Hospital बिर्तामोड झापामा काम गर्ने
पशुपती चौधरी
कटहरी गा.वि.स. -२ मोरङ
पशुपती मोडेल अस्पताल ईटहरीको प्रमुख
मो.कमरुल हक
कल्याणपुर गा.वि.स.-३ सप्‍तरी
गोल्डेन अस्पताल विराटनगरमा काम गर्ने
तुलसी कुमार महतो
 बैरवा गा.वि.स.-२ सप्‍तरी हाल बिराटनगर उ.म.न.पा.-१३ मोरङ
कोशी अञ्चल अस्पतालमा काम गर्ने
मो.अहमद सिद्धिकी
लोहना गा.वि.स.-८ धनुषा
ग्लोबल अस्पताल मिर्चैया सिराहा
सन्तोष कुमार यादव
हात्तीसर्वा गा.वि.स.-५ महोत्तरी
जनकपुर अञ्चल अस्पताल जनकपुर
कल्याण विश्वास
जनकपुर न.पा.-१ धनुषा
चानसी मेडिकल हल जनकपुर
बिनिता यादव
विष्णुपुर गा.वि.स.-५ सिराहा
कलेज अफ मेडिकल साईन्स भरतपुर
भगवान केवट मल्लाह
जनकपुर न.पा.-१४ धनुषा
अजित मेडिकल हल जनकपुर
शैलेन्द्र कुमार महतो
सत्तोखर गा.वि.स. -६ धनुषा
रामजानकी डेन्टल क्लनिक जनकपुर
अफजल हुसैन
तौलिहवा ना.पा.-५ कपिलबस्तु
स्वास्थ्य सेवा क्लिनिक तौलिहवा कपिलबस्तु
श्यामबाबु साह
औरही गा.वि.स.-६ महोत्तरी
ग्लोवल अस्पताल ग्वार्को ललितपुर

0 comments Blogger 0 Facebook

Post a Comment

 
Dainik khabar © 2013. All Rights Reserved. Powered by Blogger
Top