काठमान्डौँ ,राजधानीका मुख्य चोक र सडक बाहेक पनि सबै जसो सडकमा ट्राफिक प्रहरीले समय समयमा निगरानी तथा छड्के जाचँ गर्ने गरेको छ । तर सवारी चालकलाई झुक्याउदै भित्रि सडकमा छड्के जाँच गर्ने ट्राफिक प्रहरीले ट्राफिक नियम मिच्ने सवारी धनि तथा चालकबाट अनैतिक रुपमा शुल्क लिने गरेको तथ्य फेला परेको छ । ट्राफिक प्रहरीले ट्राफिक नियम पालना नगर्ने चालक तथा सवारी धनिबाट कारबाहीको प्रकृति प्रकृति अनुसार २०० देखि १००० सम्म दस्तुरको बिल काट्ने गरेको छ । उक्त जरिवाना चालकले ट्राफिक प्रहरीले काटेको बिल लिएर बैंकमा जम्मा गर्नु पर्ने हुन्छ । चालकलाई कारबाही गर्ने सम्बन्धित ट्राफिक प्रहरीले उक्त जरिवानाको पच्चिस प्रतिशत पाउने गरेका छन् । ट्राफिक प्रहरी आफैले बिल काटी दस्तुर लिन पाउदैन । तर ट्राफिक प्रहरीले ट्राफिक नियम पालना नगर्ने चालक तथ सवारी धनिबाट अनैतिक रुपमा दस्तुर उठाउने गरेको फेला परेको छ । ट्राफिक प्रहरीलाई चुस्त र प्रभावकारी बनाउन भन्दै सरकारले ट्राफिक नियम पालना नगर्ने सवारी चालक र सवारीधनिबाट लिने दस्तुरको पच्चिस प्रतिशत सम्बन्धित ट्राफिक प्रहरीलाई नै दिने ब्यबस्था गरेको छ । कसरी उठाउछ ट्राफिक प्रहरी नियमविपरित दस्तुर बिभिन्न चोकमा गरिने छड्के जाँचमा ट्राफिक प्रहरीले ट्राफिक नियम मिच्ने चालकबाट मौका हेरेर घुस लिने गरेका छन् । उनीहरुले चालकलाई मौका मिले सम्म केहि मिलाएर जानुस चिट काट्नु पर्दैन भन्दै घुस लिने गरेका छन् । बिलबुक या लाइसेन्स नबोकेको सवारी चालक तथा सवारी धनिबाट निश्चित कोड भाषा प्रयोग गरि ट्राफिकले दिन दहाडै घुस लिने गरेको पाइएको छ । कुनै ट्राफिक प्रहरीले चेकिंग गर्दा सवारी चालकबाट दस्तुर लिएको छ भने उसलाई ट्राफिक प्रहरीले त्यो दिनको लागि गोप्य कोड भाषा दिने गरेका छन् । एक पटक घुस दिएपछि उक्त कोड भाषा प्रयोग गरि चालक त्यो दिनभरी निर्धक्क हिड्न पाउछ । कुनै ट्राफिक प्रहरीले घुस लिएमा अर्को ट्राफिक प्रहरीको चेकिंग हुदा घुस लिने प्रहरीले दिएको कोड प्रयोग गरेमा नियम विपरित सवारी चलाउने चालक निर्धक्क हिड्न पाउछ । के भन्छन चालक नाम नबताउने सर्तमा एक मोटरसाइकल चालक भन्छन (ूहिजो हतारमा ब्लुबुक नबोकी बाईक चलाएछु ठ्याक्यै चेकिंगमा परे। ट्राफिक दाई आउनुभो चिट काट्छु हजार लाग्छ भन्दै मलाई साईडमा लानु भो अनी चिट काटुम की मिल्ने हो भन्नु भो। पैसो त्यती थिएन मिल्छु भने। उहाले ४०० देउ लफडा हुदैन भन्नु भो ४०० दिए तर म अली टाढै जानुपर्ने फेरि अरू ठाउमा पनि चेकिंग भए चिट छैन के गर्नेरु भनी प्रतिप्रश्न गरे। उहाले चेकिंग परे ूकस्तो जाडोू भन्नु कुरो मिल्छ भन्नु भो। म हिडे फेरि पर बाटोमा चेकिंग भयो मैले त्यहाको ट्राफिकलाई ूकस्तो जाडोू भने उहाले जाउ जाउ भाई भन्नु भो त्यसरी चेकिंग हुदा कस्तो जाडो भन्दै बचेर गए। फेरि आज पनी ब्लुबुक बिर्सिएछु ठ्याक्यै चेकिंगमा परे ह्या केही हुन्न सम्झी ट्राफीकलाई कस्तो जाडोू भने ट्राफीक दाई मुसुमुसु हास्दै ल भाई ४०० झीक आज त कस्तो गर्मी कोड चलीरा छ । के भन्छ ट्राफिक प्रहरी महाशाखा ट्राफिक प्रहरी महाशाखामा कार्यरत प्रहरी नायब उपरिक्षक बालाजी रायामाझीसंग बुझ्न बारबार फोन गर्दा पनि उनले फोन रिसीभ गरेनन ।

0 comments Blogger 0 Facebook

Post a Comment

 
Dainik khabar © 2013. All Rights Reserved. Powered by Blogger
Top