बाँकेको एक विद्यालयका शिक्षकले कक्षा १ पढ्ने बालकलाई निर्घात कुटपिट गरेका छन्। बैजापुर–२ भवानियापुरको ब्राइट स्काइ इंगलिस् मिडियम स्कुलका सञ्चालक तथा शिक्षक रामकिसन थारुले ६ बर्षीय विद्यार्थी रेशम खत्रीलाई कुटेका हुन्। शौचालय जानेक्रममा आफूलाई शिक्षकले कुटेको बालक थारुले बताए। उनको ढाडमा निलडाम छ। कुटिएपछि उनी रक्ताम्य भएका थिए। विद्यालयमा यातना पाएर घर पुगेका बालक तीन दिनसम्म बिरामी भएका थिए। निरन्तर ज्वरो आएको छोरालाई स्थानीय मेडिकलमा लगेर जचाउँदा शरीरभर निलडाम भेटिएको र सोधपुछ गर्दा विद्यालयमा कुटाई खाएको बताएको आमा टेककुमारी खत्रीले जानकारी दिईन्। दोषी शिक्षकलाई कारवाही गर्न अभिभावक तथा जिल्लास्थित बालअधिकारकर्मीले माग गरेका छन्। घटनाका आरोपी थारुले भने शौचालयमा भएको विद्यार्थीको भिड हटाउन खोज्दा अटेर गरेपछि सामान्य नैसियत दिएको बताएका छन्। 'मैले हातले मात्रै हानेको हुँ, तर लाठीले पिटेको भनेर घटनालाई बंग्याउन खोजिदैछ,' उनले भने।

0 comments Blogger 0 Facebook

Post a Comment

 
Dainik khabar © 2013. All Rights Reserved. Powered by Blogger
Top