माघ २३, २०७२- दक्षिण एसियाली खेलकुद २०१६ को पुरुष फुटबलमा आइतबार नेपालले भुटानको सामना गर्दैछ । खेल नेपाली समय अनुसार २:१५ मा सुरु हुनेछ । नेपाली ओलम्पिक टिमले शनिबार खेलको पूर्व सन्ध्यामा प्रशिक्षक राजुकाजी शाक्यको नेतृत्वमा अभ्यास सत्रमा पनि सहभागिता जनायो ।
प्रशिक्षक शाक्यले मिडियासँगको कुराकानीमा आफ्नो टिमको सबैभन्दा ठूलो शक्ति नै उत्प्रेरणा रहेको दाबी गरेका छन् । उनले भनेका छन्, ‘बंगबन्धु गोल्डकपमा हालै प्राप्त जितले नेपाली टिम उत्साहित छ । यही जितले टिम उत्साहित छ ।’
उनले थपे, ‘यो टिमबाट नेपाली फुटबलले ठूलो आश गरेको छ । हामी नेपाली फुटबल फुटबल समर्थकलाई खुसी बनाउन चाहन्छौं । त्यसैले हामी यस प्रतियोगितालाई लिएर गम्भीर छौं । भुटानविरुद्धको खेलमा हामीले कडा मिहिनेत गर्नेछौं ।’

0 comments Blogger 0 Facebook
Post a Comment