माघ २१, नेपालका १९ वर्षीय राजा थापाले आफ्नो मुखमा १ सय ३८ वटा पेन्सिल राखेर विश्व रेकर्ड बनाएका छन् । 

आफ्नो मुखमा ३२ वटा मैनबत्ती बालेरसमेत राखेका राजाले आफूलाई अनौठा किसिमका काम गर्न रमाइलो लाग्ने प्रतिक्रिया दिएका छन् । मैले नेपालमा धेरै अनौठा रेकर्डहरु तोडिएको देखेको थिएँ, त्यसैले मलाईपनि त्यस्तै केही गर्ने इच्छा थियो’ राजाले भने,  मलाई यस्तै अनौठा काम गरेर मान्छेलाई खुसी दिन मन लाग्छ । 

सेकुरिटी गार्डको काम गर्ने राजाले अरु पनि अनौठा रेकर्ड बनाउन सक्ने विश्वास व्यक्त गरेका छन् । यो रेकर्ड पहिले भारतका दिनेश शिवनाथन उपाध्यायले आफ्नो मुखमा ९२ वटा पेन्सिल राखेर राखेका थिए ।

0 comments Blogger 0 Facebook

Post a Comment

 
Dainik khabar © 2013. All Rights Reserved. Powered by Blogger
Top