सुखिलाल चौधरी, उदयपुर, २१ माघ –  लागुऔषध प्रयाेगकर्ताहरूले प्रहरीकाे अाखामा धुल झाेक्दै बिभिन्न तरीका अपनार्इ लागुअाैषधकाे काराेबार गर्ने गरेकाे पाइएकाे छ । यसै बिच उदयपुरमा चाउचाउको खोल भित्र लुकाएर ल्याउदै गरेकाे अवैध लागु अाैषध सहित  दुर्इ जनालार्इ प्रहरीले पक्राउ गरेकाे छ ।
 कदमाहाबाट गाईघाट तर्फ आउँदै गरेको स. ५ प १९१८ नम्बरको मोटर साइकलमा सवार दुई जनालार्इ चेकजाच गर्ने क्रममा प्रहरीले  रमपम चाउचाउको खोलभित्र लुकाई छिपाई ल्याईरहेको लागू औषध सहित सोमवार पक्राउ परेको हो ।
प्रहरीले जिल्ला सप्तरी छिन्नमस्ता गाविस वडा नं. ९ वस्ने वर्ष २३ को सन्तोषकुमार मण्डल र सोही ठाउँका वर्ष ३० को जय नारायण  मण्डललार्इ अवैध लागुअाैषध सहित पक्राउ गरीएकाे उदयपुर प्रहरी नायव उपरिक्षक ओमबहादुर रानाले बताए ।
उनीहरुको साथबाट डाईजोपा ५० एम्पुल, फेनरागन ५० एम्पुल र फोडविन ५० एम्पुल बरामद गरीएकाे डिएसपी रानाले बताए । उनीहरुलाई पक्राउ पछि थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

0 comments Blogger 0 Facebook

Post a Comment

 
Dainik khabar © 2013. All Rights Reserved. Powered by Blogger
Top