निकै चर्चामा रहेका सामसुङ ग्यालेक्सी जे ५ र ग्यालेक्सी जे ७ को नयाँ संस्करणका बारेमा थप जानकारी प्राप्त भएको छ। अन्तर्राष्ट्रिय संचार माध्यमले दिएको जानकारी अुनसार यी दुवै स्मार्टफोनले ब्लुटुथ एसअाइजी सर्टिफिकेशन प्राप्त गरेका छन्। 
 
सर्टिफिकेशनमा उल्लेख गरिएको जानकारी अनुसार ग्यालेक्सी जे ५ लाई एसएम जे ५१०८ र जे  ७ लाई एसएम जे ७१०८ कोडनेम दिइएको छ। साथै यी दुवै स्मार्टफोनमा ब्लुटुथ ४.१ हुने जनाइएको छ।
 
ग्यालेक्सी जे ७ मा ५.५ इन्च (७२०×१२८० पीक्सेल रिजोलुशन) एचडी डिस्प्ले हुनेछ। १.७ जीएचजेड ओक्टाकोर प्रोसेसर रहेको यस फोनमा २ जीबी र्‍याम, १६ जीबी इन्टरनल मेमोरी हुने जनाइएको छ। फोनमा अगाडि ५ र पछाडि १२ मेगापीक्सेलको क्यामरा रहने छ।
 
ग्यालेक्सी जे ५ मा ५.२ इन्च (७२०×१२८० पीक्सेल रिजोलुशन) एचडी डिस्प्ले हुनेछ। १.२ जीएचजेड क्वाडकोर प्रोसेसर रहेको यस फोनमा २ जीबी र्‍याम, १६ जीबी इन्टरनल मेमोरी रहने छ। अगाडि ४.७ मेगापीक्सेल र पछाडि १२ मेगापीक्सेलको क्यामरा हुने जनाइएको छ।
 
ग्यालेक्सी जे ७ एन्ड्रोइड अपरेटिङ सिस्टम ६.०.१ मार्समेलोमा काम गर्नेछ भने ग्यालेक्सी जे ५ एन्ड्रोइड अपरेटिङ सिस्टम ५.१.१ ललीपपमा काम गर्नेछ। दुवै फोनमा एक्सेलेरोमिटर, ब्लुटुथ, जीपीएस, लाइट सेन्सर, एनएफसी वाईफाई आदी सुविधा रहने जनाइएको छ।

0 comments Blogger 0 Facebook

Post a Comment

 
Dainik khabar © 2013. All Rights Reserved. Powered by Blogger
Top