
जेनेभा– डेंगुजस्तै लामुट्टेको माध्यमबाट फैलिने जीका भाइरस भयावह रुपमा फैलिएको भन्दै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) विश्वव्यापी संकटकालको घोषणा गरेको छ। डब्ल्यूएचओका महानिर्देशक मार्गरेट चानले संचारमाध्यमसँग कुरा गर्दै जीका भाइसर विश्वका धेरै देशमा प्रकोपको रुपमा फैलिएको र यसको रोकथामको लागि अन्तर्राष्ट्रिय रुपमा एकजुट हुन संकटकाल घोषणा गरेको बताए। डब्ल्यूएचओका अनुसार जीका भाइसरको चपेटामा हालसम्म २० देश आइसकेका छन्। 'ब्राजिलसमेत करिब २० वटा देशलाई जीका भाइसरले आफ्नो चपेटामा दिएको छ,' महानिर्देशक चानले भने,' ती देशमा लाखौं मानिस जीका भाइसरको चपेटामा आउने संभावना छ।' चानले जीका भाइसरको प्रकोप निकै ढिला गरी फैलिएको बताए। 'यो रोगसँग जुध्नलाई तत्काल कुनै उपाय ननिकाल्ने हो भने यो वर्षको अन्त्यसम्म ४० लाख मानिस जीका भाइसरको संक्रमणमा आउने छन्।' डब्ल्यूएचओ जेनेभामा बेसको आकस्मिक बैठकले जीका भाइसरको रोगथाम गर्ने विविध विषयमा छलफल भएको अन्तर्राष्ट्रिय संचारमाध्यले जनाएका छन्। सोही बैठकले जीका भाइसर अन्तर्राष्ट्रिय स्तरमाथि खतरा रहेको भन्दै विश्वव्यापी संकटकालको घोषणा गरेको हो। जीका भाइसरको असर सबैभन्दा धेरै गर्भवती महिलालाई पर्ने डब्ल्यूएचओले जनाएको छ।
0 comments Blogger 0 Facebook
Post a Comment