
बैतडी- चितुवाको आक्रमणबाट घाइते परिवारलाई जिल्ला वन कार्यालयले सोलार वितरण गरेको छ। जिल्लाको विशालपुर, उदयदेव, रोडिदेवल र गुजर गाबिसका ८ जना घाइते परिवारलाई ३० वाट क्षमताको सोलार वितरण गरेको हो। प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको उपस्थितिमा वन कार्यालयले चितुवा प्रभावित क्षेत्रमै गएर सोलार वितरण गरेका हुन्। सोलार वितरण कार्यक्रममा प्रजिअ अधिकारीले वन विनास हुने क्रम बढ्दै गएकाले वन संरक्षणमा ध्यान दिन स्थानीयहरुलाई अनुरोध गरे। चितुवाको आहारजन्य वन्यजन्तुहरु अवैध चोरी सिकारी बढन थालेपछि चितुवाले मानवमाथि आक्रमण गरिरहेको हुनसक्ने उनले बताए। कैलाश भूपरिधि संरक्षण विकास कार्यक्रमअन्तरगत वन्यजन्तु र मानवद्वन्द्व व्यवस्थापन कार्यक्रमबाट वन कार्यालयले गत वर्ष चितुवाको आक्रमणबाट मृत्यु भएका १९ परिवालाई समेत सोलार उपलब्ध गराएको थियो। चितुवाले प्राय साँझको समयमा अध्यारोमा आक्रमण गर्ने देखिएकाले घर वरिपरि उज्यालो पार्नसके चितुवाको आक्रमणलाई न्यूनीकरण गर्न सकिने भएकाले सोलार वितरण गरिएको जिल्ला वन अधिकृत केदार बरालले बताए। जिल्ला वन अधिकृत बरालले चितुवा पीडित परिवालाई राहत र सान्त्वना स्वरुप सोलार दिइएको जानकारी दिए। उनले भने- 'साँझपख र राती घरमा उज्यालो भएपछि चितुवा घर नजिक नआउने भएकाले सोलार दिने गरिएको हो।' चितुवाको आक्रमणबाट घाइते भएकी विशालपुर-३ की परुदेबी सार्कीले सोलार बत्ति जडान गरेपछि चितुवाको त्रास कम हुने बताइन्। यसैबीच जिल्ला वन कार्यालयले बैतडीको चितुवा प्रभावित गाबिसमा जनचेतनामूलक कार्यक्रम सुरु गरेको छ। जिल्ला प्रशासन कार्यालयले कुलाउ र शर्माली गाबिसमा सञ्चालन गरेको एकीकृत घुम्ती सेवा शिविरका क्रममा समेत वन कार्यालयले चितुवाको अक्रमणबाट बच्न सकिने शन्देसमुलक सामाग्री वितरण गर्न थालेको
0 comments Blogger 0 Facebook
Post a Comment