माघ २३, २०७२- अवरोध भएको १ सय ३५ दिनपछि हिजो शुक्रबार सूचारु भएको वीरगञ्ज–रक्सौल नाका फेरि बन्द गराउन पुगेका मधेसी मोर्चाको कार्यकर्तालाई भारतीय व्यापारीले प्रतिकार गरेका छन् । प्रतिकारपछि नाका सहज छ ।
आज बीरगञ्जमा बसेको मोर्चाको बारा र पर्सा जिल्लाको संयुक्त बैठकले केन्द्रिय निर्णय अघि नै नाका खोलिएको भन्दै फेरि बन्द गराउने निर्णय गरेको हो ।

बैठकले आज २ बजेबाट मितेरी पुलमा पुन: धर्ना सुरु गर्ने निर्णय गरेको थियो । मोर्चाको निर्णय सार्वजनिक भएलगत्तै मितेरी पुलको नेपालतर्फको भूभागमा शसस्त्र प्रहरी परिचालन गरिएको छ ।
भारतीय भूभागमा भने रक्सौलका स्थानीय व्यापारी मोर्चा कार्यकर्तालाई रोक्न बसेका छन् ।
भदौं ७ गतेदेखि मोर्चाले वीरगञ्ज–रक्सौल नाका अवरोध गरेका हुन् । नाकामा अवरोध हुँदा वीरगञ्ज र रक्सौलको व्यापार सुकेको छ ।
प्रकाशित: माघ २३, २०७२

0 comments Blogger 0 Facebook

Post a Comment

 
Dainik khabar © 2013. All Rights Reserved. Powered by Blogger
Top