काठमाडौं- वैज्ञानिकहरुले अल्बर्ट आइन्सटाइनले सापेक्षतावाद सिद्धान्त प्रतिपादन गर्दा व्याख्या गरेको गुरुत्वाकर्षण तरंग (ग्रेभिटेसनल वेभ) प्रत्यक्ष फेला पारेका छन्। आइन्सटाइनले आफ्नो सिद्धान्तमै गुरुत्वाकर्षण तरंग हुने भए पनि यो भेट्न नसकिने मात्रामा अत्यन्त कम हुने दाबी गरेका थिए।
वैज्ञानिकहरुले विभिन्न आधार प्रस्तुत गर्दै गुरुत्वाकर्षण तरंग हुने स्विकार्दै आए पनि त्यसलाई यसअघि प्रत्यक्ष रुपमा भेट्न सकेका थिएन्।
विश्वका करिब एक हजार वैज्ञानिकहरुको समूहले गरेको अध्ययनको निष्कर्ष बिहीबार अमेरिकामा पत्रकार सम्मेलनमा सार्वजनिक गर्दै यस्तो तरंग फेला परेको दाबी गरेका हुन्।
'अल्बर्ट आइन्सटाइनले पनि यो तरंग साह्रै कमजोर प्रकृतिको हुने भएकाले मानिसले भेट्न नसक्ने बताएका थिए,' अमेरिकाको टेक्सास राज्यस्थित 'युनिभर्सिटी अफ टेक्सास अर्टिङटन' मा भौतिक शास्त्र पढाउँदै आएका नेपाली वैज्ञानिक सुमन सत्यालले नागरिकसँग भने, 'यो ठूलो उपलब्धि हो, यसले भविष्यका लागि ब्रह्माण्ड अध्ययनको नयाँ आँखा खोलिदिएको छ।'
विज्ञान क्षेत्रमा काम गर्ने मानिसका लागि यो उपलब्धि आश्चर्यजनक भने नरहेको उनले स्पष्ट पारे। 'त्यसलाई डिटेक्ट गर्न सक्नु भने प्रविधि क्षेत्रमा प्राप्त अझै ठूलो उपलब्धि हो,' उनले भने।
ब्रह्माण्डमा रहेका कुनै पनि वस्तु नजिक आउँदा वा ठोक्किँदा त्यसबाट विभिन्न प्रकारका तरंग उत्पन्न हुन्छन्। त्यसैमध्येको एउटा तरंग हो– गुरुत्वाकर्षण। आइन्सटाइनले करिब सय वर्षअगाडि आफ्नो सापेक्षतावाद सिद्धान्तमै गुरुत्वाकर्षण तरंग हुने विषयलाई गणित र भौतिक शास्त्रहरुको विभिन्न प्रयोगबाटै प्रमाणित गरेर सिद्धान्तीकृत गरेका थिए।
उनको यही सिद्धान्तका आधारमा ४० वर्षदेखि विश्वका वैज्ञानिकहरु गुरुत्वाकर्षण तरंगको खोजीमा थिए। उनीहरु सम्मिलित अमेरिका र युरोपमा रहेको लिगो (लेजर इन्टरफेरमिटर ग्राभिटेसनल वेभ अब्जरभेटरी) वेधशालाले यो उपलब्धि हासिल गरेको हो।
वैज्ञानिकहरुले यस उपलब्धिले ब्रह्माण्ड अध्ययनको नयाँ विधि दिएको बताएका छन्। 'अहिलेसम्म ब्रह्माण्डको खोजअध्ययन सबै आँखाले देख्न सकिने ५ प्रतिशत अंशको मात्रै हुँदै आएको थियो,' दक्षिण कोरियाको डायजोङस्थित कोरिया एस्ट्रोनोमी एन्ड स्पेस साइन्स इन्स्टिच्युट (कासी) मा कार्यरत खगोलशास्त्री डा. सञ्जय पौडेलले नागरिकसँग भने, 'अब बाँकी भागको पनि खोजका लागि माध्यम भेटिएको छ। यसले अध्ययनका नयाँ विधि निकालेको छ। यो खगोल विज्ञानमा नयाँ युगको सुरुआत पनि हो।'
ब्रह्माण्डको अध्ययनमा अहिलेसम्म विद्युतीय वर्णपट (इलेक्ट्रोम्याग्नेटिक स्पेक्ट्रम) का माध्यम मात्र प्रयोग हुँदै आएको थियो। ग्यालिलियोले चार सय वर्षअघि यसको प्रारम्भ गरेका थिए।
'अहिलेसम्म ब्रह्माण्डको अध्ययनमा एक प्रकार पर्दा रहँदै आएको थियो,' नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) का अध्यक्ष सुरेश भट्टराईले भने, 'अब त्यो पर्दा खुलेको छ, आगामी दिनमा ब्रह्माण्डको उत्पत्तिबारे अनुमान मात्र होइन, प्रत्यक्ष रुपमा बु‰न सक्नेछौं।'
साठीको दशकको अन्त्यतिरै एक खगोलशास्त्रीले गुरुवात्कर्षण तरंग भेटिएको बताए पनि पछि गरिएका कुनै पनि अनुसन्धानमा भेट्न सकिएको थिएन।
अमेरिकामा बिहीबार खगोलशास्त्रीहरुले पत्रकार सम्मेलन गरी गुरुवात्वकर्षण तरंग प्रत्यक्ष रुपमा भेटिएको बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाए।
आइन्सटाइनले एक सय वर्षअघि गणित तथा भौतिक शास्त्रको सिद्धान्तका आधारमा ब्रह्माण्डमा रहेका कुनै पनि वस्तु एकापस नजिक आए वा ठोक्किए भने त्यसबाट गुरुत्वाकर्षण तरंग उत्पन्न हुने बताएका थिए। उनले त्यसरी उत्पन्न भएका तरंग प्रकाशको गतिले चारैतिर फैलिने पनि जनाएका थिए।
'यस्तो अवस्थामा विभिन्न तरंग उत्पन्न हुने गरेको छ। त्यसमध्ये सबैभन्दा कमजोर गुरुवात्कर्षण तरंग हो,' अस्ट्रेलियाका पर्थस्थित युनिभर्सिटी अफ वेस्टर्न अस्ट्रेलिया रिसर्च एसोसिएट/लेक्चरर डा. प्रज्ज्वलराज काफ्लेले भने, 'लामो समयको मिहिनेत र खबौर्ंं डलर खर्च गरेपछि पत्ता लागेको हो। यो आधुनिक विज्ञानको ठूलो ब्रेक थु्र हो।'
उनी पोखरीमा उत्पन्न हुने तरंगसँग यो नयाँ विधिको तुलना गर्छन्। 'पोखरीमा ढुंगा खसाउँदा त्यसबाट तरंग उत्पन्न हुन्छ, किनारामा बस्नेले देख्छ,' नागरिकसँग टेलिफोनमा काफ्लेले भने, 'त्यही पोखरीमा कमिला खस्यो भने त्यहाँ पनि तरंग उत्पन्न हुन्छ तर त्यो किनारामा बस्ने मानिसले समेत देख्दैन। नदेख्दैमा तरंग उत्पन्न नहुने भने होइन।'
गुरुत्वाकर्षको तरंगबारे खोजीका लागि ४० वर्षमा निकै धेरै कोशिस भए। 'प्रविधिको विकास हुन नसक्दा अहिलेसम्म पत्ता लागेको थिएन,' काफ्लेले भने।
गुरुत्वाकर्षण तरंग खोज्न अमेरिकाले मात्रै एक अर्ब अमेरिकी डलर खर्च गरिसकेको थियो।
एक अर्ब वर्षपहिले सौर्यमण्डलभन्दा ३६ र २९ गुणा ठूलो ब्ल्याक होल जुध्दा त्यसबाट निस्केको गुरुत्वाकर्षण तरंग पृथ्वीमा रहेको यन्त्रले भेटेको लिगोको दाबी छ।
गुरुवात्वकर्षण तरंग भेटिएसँगै ब्लाक होलबारे रहँदै आएको शंका पनि मेटिएको छ। 'कतिपयले ब्याक होल हुन्छ भन्नेमै समेत शंका गर्दै आएका थिए,' पौडेलले भने, 'त्यसलाई यसले ठूलो विराम लगाइदिएको छ।'
- See more at: http://nagariknews.com/feature-article/story/55108.html#sthash.SOkl2HOE.dpuf

0 comments Blogger 0 Facebook
Post a Comment