माघ २१, भारतको बैंगलोरमा बिहीबार सार्वजनिक स्थानमा तान्जानियाबाट पढ्न आएकी एक महिला विद्यार्थीलाई स्थानीयले नाङ्गै बनाएर कुटपिट गरेका छन् ।

बिहीबार सडक दुर्घटनापछि तान्जानियाकी एक विद्यार्थीलाई सयौं मानिसका अगाडि नाङ्गै बनाएर कुटपिट गरिएको हो । स्थानीय प्रहरीले यो घटनामा संलग्न भएको अभियोगमा पाँचजनालाई गिरफ्तार गरेको छ। तान्जानियाकी युवती कुटिएपछि यसले भारतमा राजनीतिक रुप नै लिएको छ । कांग्रेसका उपाध्यक्ष राहुल गान्ले यो घटनाबारे कर्नाटक सरकारसँग रिपोर्ट मागेका छन् ।

सडक दुर्घटनापछि भीडले ती युवतीमाथि दुर्व्यबहार गर्दै कुटपिट गरेका थिए । उनलाई कारबाट निकालेर कपडा च्यातिदिएर नाङ्गै बनाइ कुटपिट गरिएको थियो भने कारमा आगो पनि लगाइएको थियो । यो घटना बैंगलोरको गणपतिनगरमा सुडानका एक विद्यार्थी सवार कारले एक जोडीलाई ठक्कर दिएका थिए ।

ठक्करपछि कारमा सबिन ताज नामकी एक महिलाको मृत्यु भएको थियो । घटनामा उनका पति सनुल्लाह घाइते भएका थिए । त्यसपछि भीडले कारबाट युवा र उनीसँगै बसेकी तान्जानियाकी २१ वर्षीया युवतीलाई निकालेर कार जलाइदिएका थिए । स्थानीयबासीले युवामाथि मदिरा पिएर जोखिमपूर्ण ढंगले कार चलाएको आरोप लगाएका थिए । यो घटनापछि कांग्रेसका उपाध्यक्ष राहुल गान्धीले कर्नाटकको सिद्धारमैय्या सरकारसँग यसबारेमा रिपोर्ट मागेका छन् ।

उक्त घटनापछि तान्जानिया सरकारले भारतीय सरकारसँग कुरा उठाएपछि विदेशमन्त्री सुष्मा स्वराजले यस घटनालाई सर्मनाक भनेकी थिइन् । उता पुलिसले यो घटनाबारेमा अन्य मानिससँग पनि सोधपुछ गरिररहेको छ । पीडित युवतीले आफ्ना लुगा च्यातिएर आफूमाथि दुर्व्यवहार भएको जानकारी गराएकी छन् ।

आफूलाई स्थानीयको भीडले अर्धनग्न बनाइ परेड पनि खेल्न लगाएको पीडित युवतीले बताइन् । एक युवाले जब उनको शरीरमा कपडा लगाइदिन खोजे उनीलाई पनि कुटपिट गरिएको थियो । यो घटनाबारे प्रहरीले जाहेरी लिएर कारबाही अघि बढाएको छ। उता सुडानी विद्यार्थी मोहम्मद अहदलाई गिरफ्तार गरिएको छ।

कार जलाउने काममा संलग्नहरुविरुद्ध पनि प्रहरीले जाहेरी दर्ता गरेको छ । तान्जानियाको भारतस्थित उच्चस्तरीय आयोगले पनि यस मामिलामा भारतीय विदेश मन्त्रालयलाई  हाई कमीशन ने  एक नोट पठाएको छ ।

यसमा युवतीमाथि दुर्व्यबहार गर्नेहरुमाथि कारबाही गर्न माग गरिएको छ । मामिलाको जानकारी मिलेपछि भारतीय विदेशमन्त्री सुष्मा स्वराजले कर्नाटकका मूख्यमन्त्री सिद्धरमैयासँग कुरा गरेकी छिन् ।

उनले घटनामा संलग्नलाई यथाशिघ्र कारबाही गर्न मूख्यमन्त्रीलाई आग्रह गरेकी छन् । सिद्धरमैयाले बताएअनुसार पुलिसले केस फाइल गरेर चारजना अभियुक्तलाई गिरफ्तार गरेको छ । बैंगलोर पुलिसमा तान्जानियाकी युवतीले घटना भएको चारदिनपछि बुधबारमात्र जाहेरी दिएकी छन् । एजेन्सी








0 comments Blogger 0 Facebook

Post a Comment

 
Dainik khabar © 2013. All Rights Reserved. Powered by Blogger
Top