माग १५ देखि काठमाण्डौको भृकुटीमण्डपमा सुरु भएको २२ औ क्यान ईन्फोटेक मेला वुधवार समापन भएको छ । ६ दिनसम्म चलेको मेला करिव ३ लाख ६० हजार भन्दा बढि मानिसहरुले अवलोकन गरेका छन् । मेलामा यसपटक पनि युवा पुस्ताका सहभागीहरुको आकर्षण बढी रह्यो ।६ दिनसम्म चलेको मेलामा हार्डवेयवर सेल्स एण्ड मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिष्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स, सफट्वेयर सलुसन्स् लगायतका १८० भन्दा बढी स्टल रहेका थिए । क्यानको स्टलहरुमा यसपटक पनि सूचना प्रविधीसँग सम्वन्धीत नयाँ नयाँ प्रविधिहरु प्रदर्शनीमा राखिएका थिए । यसपालीको मेलामा प्राय दर्शकहरुको आकर्षण ल्यापटपका नयाँ प्रविधि, इन्टरनेट प्रदायक कम्पनीहरुले प्रदान गरिरहेका विभिन्न स्किमहरु र मोवाइलका एप्सहरुमा रहे । क्यानको मेला अवलोक गर्न पुग्नुभएका पूर्वप्रधानमन्त्री एंवम नेकपा एमालेका वरिष्ठ नेता झलानाथ खनालले विश्वमा भइरहेको सूचना प्रविधिसँगै नेपाल पनि अगाडि बढिरहेकोमा प्रसन्नता व्यक्त गर्नुभयो । साथै उहाँले सूचना प्रविधिकै विकासले विश्वमा आधुनिक शहर, गाउँ सम्भव भएको प्रष्ट्र पार्नुभयो ।

0 comments Blogger 0 Facebook

Post a Comment

 
Dainik khabar © 2013. All Rights Reserved. Powered by Blogger
Top