इटहरी<<< । सोझा साझा ब्यापारीहरुलाई नक्कली नोट देखाएर ठगि गर्ने झापा महारानी झोडा ५ का मगर दम्पती सुनसरीको इटहरीबाट आइतबार साझ प्रहरीद्घारा पक्राउ परेका छन । इटहरीको एक पसलमा फलफुल किन्ने क्रममा ब्यापारीलाई दिएको रु १ हजारको नोट प्रती संकालागी प्रहरीलाई बोलाई अनुशन्धान गर्दा सो नोट नक्कली रहेको पुष्टिभएपछि फलफुल किन्न आएकी झापा महारानीझोडा ५ घर भई इटहरी ५ मा डेरागरी बस्ने जया चौधरी मगरलाई तत्काल प्रहरीले पक्राउ गरेको थियो । प्रहरी हिरासतमा रहेकी मगरलाई सोधपुछ गर्दा उनले आफनो श्रीमानको पनि संलग्नता रहेको बताएपछि इटहरी ५ स्थि उनिहरुको डेरामा गई खोज तलास गर्दा त्यहा अरुपनि नक्कली नोटहरु बरामद भएको र मगरकी श्रीमान झापा महारानीझोडा ५ घर भएका भिम मगरलाई पनि पक्राउ गरीएको प्रहरीले बताएको छ । पक्राउ मगर दम्पती पहिला देखीनै नक्कली नोटको कारोबार गर्ने गरेको प्रहरी अनुशन्धानबाट खुलेको बताइएको छ । प्रहरी नियन्त्रणमा रहेका मगर दम्पतीको साथबाट १ हजार रुपैयाको ४ थान ५सय रुपैयाको ४ थान नेपाली नक्कली नोट बरामद गरीउको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । पक्राउ मगर दम्पती बिरुद्ध नक्कली नोटको कारोबार सम्बन्धी मुद्धा चलाइने इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरिक्षक ओम अधिकारीले बताए ।

0 comments Blogger 0 Facebook

Post a Comment

 
Dainik khabar © 2013. All Rights Reserved. Powered by Blogger
Top