कोलकाता–आमा, बाबु र छोरा एउटै कक्षामा पढेको सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । यस्तो आश्चर्यलाग्दो घटना भारतमा भएको छ । भारतीय राज्य पश्चिम बंगालको नाजिया क्षेत्रमा बस्ने मण्डल थरका एउटा परिवारका बाबु, आमा र छोरा एउटै कक्षामा पढ्छन् । सबैजना स्थानीय शैक्षिक संस्थामा कक्षा ११ मा पढ्छन् । कलेज युनिफर्ममा सजिएर तीनजना आ–आफ्ना साइकलमा बिहान कलेज जान्छन् र साँझ घर फर्कन्छन् । 'आमा कल्याणी र बाबु बलरामले बाल्यकालमै बिहे गरेका थिए । त्यही भएर उनीहरूको पढ्ने धोको पूरा हुन सकेन । छोरो हुर्किएपछि उनीहरू छोरोसँगै स्कुलमा भर्ना भएर पास गर्दै ११ पढ्ने भएका हुन्,' समाचारमा भनिएको छ । कक्षाकोठामा बाबु, आमा र छोरा एउटै बेन्चमा बसेर पढ्ने गरेको समेत समाचारमा जनाइएको छ । पश्चिम बंगालमा कक्षा १२ को परीक्षा नजिकिइरहेकाले अहिले सबै घरमा बढी पढ्न थालेका छन् । 'क्याम्पस जानुपर्ने भएकाले घर र खेतको काम बिहान छिट्टै उठेर सकाउँछौँ,' बलरामले भने ।

0 comments Blogger 0 Facebook

Post a Comment

 
Dainik khabar © 2013. All Rights Reserved. Powered by Blogger
Top