काठमाडौं, २३ माघ - इन्डियन आयल कर्पोरेसन आइओसीले रक्सौल नाकाबाट गएका गाडीमा शनिबार इन्धन लोड नगरिदिएको नेपाल आयल निगमले जनाएको छ।

निगमका अनुसार रक्सौल नाका सहज भएको थाहा नभएको भन्दै आइओसीले इन्धन लोड नगरिदिएको हो। शुक्रबार नेपाल भारत सीमा नाकामा स्थानीय बासिन्दाले धर्नाकारीको त्रिपाल जलाइदिएपछि गाडी ओहोरदोहोर गरेका थिए।

त्यसपछि नेपालबाट झण्डै ३५ वटा ट्यांकर इन्धन लिन भारत गएपनि आइओसीले लोड नदिएको निगमका निमित्त नायब कार्यकारी निर्देशक सुशील भट्टराइले जानकारी दिनुभयो। भारतमा शनिबार र आइताबार बिदा भएकाले रक्सौल नाकाबाट आइओसीले इन्धन दिने/नदिने सोमबारमात्र थाहा हुने निगमको भनाई छ।

असोज ७ गतेदेखि ठप्प रक्सौल नाका शुक्रबारदेखि खुलेको छ। तर आन्दोलनरत मोर्चाले यसको औपचारिक निर्णय गर्न बाँकी छ।

0 comments Blogger 0 Facebook

Post a Comment

 
Dainik khabar © 2013. All Rights Reserved. Powered by Blogger
Top