माघ २३, २०७२- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नक्कली प्रमाणपत्रधारी १२ चिकित्सक पक्राउ गरेको छ । सबैलाई केहीबेरअघि प्रहरीले सार्वजनिक गरेका छन् ।

सीआईबी प्रमुख डिआईजी हेमन्त मल्ल ठकुरीका अनुसार पक्राउ परेकामध्ये नेपालको एसएलसी र प्रमाणपत्र तहको नक्कली प्रमाणपत्र पेस गर्ने एक जना, भारतको प्रमाणपत्र तहको नक्कली सर्टिफिकेट पेस गर्ने १० जना र भारतबाट प्रवेशिका र प्रमाणपत्रको सर्टिफिकेट पेस गर्ने एक जना छन् ।
पक्राउ परेकामध्ये रसियाबाट एमबीबीएस गरेका एक, चीनबाट एमबीबीएस गरेका ५, भारतबाट एक, बंगलादेश एक, पाकिस्तान एक, बीडीएस गरेकामध्ये भारतबाट एक, बंगलादेशबाट एक, पाकिस्तानबाट एक र फिलिपिन्सबाट एक जना छन् ।
नक्कली प्रमाणपत्र पेस गर्ने गिरीले फिलिपिन्सबाट एमडी गरेका छन् ।

0 comments Blogger 0 Facebook

Post a Comment

 
Dainik khabar © 2013. All Rights Reserved. Powered by Blogger
Top