विवाहपछि प्रत्येक दम्पतीको एउटा स्वाभाविक सपना हुन्छ– घरमा बच्चाको हाँसो गुञ्जियोस् । तर, चाहँदाचाहँदै पनि सबैको यो सपना पूरा हुन सकिरहेको हुँदैन । कुनै–कुनै महिलाले सन्तान जन्माउन सक्दैनन् । यस्ता दम्पतीमध्ये धेरैले आफ्नो जीवन एक्लो र फिका अनुभव गर्छन् । आज पनि हाम्रो समाजमा सन्तान नहुनुलाई भगवान्को श्राप वा पूर्वजन्मको अभिशाप भन्दै हेलाँ गर्ने चलन छ । सन्तान सुखबाट वञ्चित हुनु पर्दा धेरै दम्पतीका लागि यो सुन्दर संसार कालकोठरीजस्तै बन्नपुगेको छ । आजको वैज्ञानिक युगमा आईयूआई, आईभीएफ (टेस्टट्युब बेबी), एक्सीजस्ता आधुनिक प्रविधिद्वारा कैयौँ निःसन्तान दम्पतीको सपना साकार हुनपुगेको छ। कुनै पनि परिवार नियोजनका साधन नअपनाई नियमित सहवासपश्चात् पनि दुई वर्षभित्र गर्भधारण हुन नसकेको अवस्थालाई निःसन्तान मानिन्छ । सन्तान हुन नसक्नुमा महिला तथा पुरुष दुवै समान रूपमा जिम्मेवार मानिन्छन् । कहिलेकाहीँ दुवैमा खराबी नहुँदानहुँदै पनि गर्भ रहन कैयौँ वर्ष लाग्न सक्छ । किनभने, गर्भ रहनु भनेको एउटा आकस्मिक घटना हो । स्वस्थ हुँदाहुँदै पनि पुरुषको शुक्रकीटले महिलाको अण्डा भेट्ने अवसर नपाएको हुन सक्छ । स्त्री राग रस वा पुरुष राग रसको कमीका कारण यस्तो हुन सक्छ । कतिपय अवस्थामा महिनावारी भएको समय र सहवासको समय नमिलेका कारण पनि सन्तान नहुन सक्छ । युवाहरू विवाह गर्नासाथ रोजगारीका लागि विदेश गएका हुन्छन् । दुई महिनाको बिदामा आएको समयमा घर परिवारबाट बच्चा पाउने दबाब हुन्छ । छोटो समयमै सन्तानको इच्छाका कारण तनाव पर्दा सन्तान जन्माउन सकेका हुँदैनन् । श्रीमान्–श्रीमती दुवैमा कुनै खराबी नभए पनि तनावका कारण समस्या उत्पन्न हुन्छ । कतिपयले उपचारका क्रममा भन्ने गरेको पाइन्छ, ‘विवाह गरेको चारपाँच वर्ष भयो, सन्तानभएको छैन ।’ यस्ता समस्या लिएर आउनेका लागि ओम अस्पतालले शुक्रकीट फ्रिज गरेर उपचार गर्ने गरेको छ । श्रीमान्को शुक्रकीट जम्मा गरेर राख्ने र श्रीमान् विदेश गइसकेपछि पनि श्रीमतीको पाठेघरमा राखी उपचार गर्ने गरिन्छ । तर, यस्तो अवस्थालाई हाम्रो समाजले श्रीमान् विदेशमा भएको समयमा पनि कसरी गर्भवती भएको भनेर नकारात्मक दृष्टिले हेर्ने चलन छ । यसमा जनचेतना जगाउन जरूरी छ । श्रीमान्को शुक्रकीट नै श्रीमतीको पाठेघरमा राखिएको हुन्छ । ‘विदेशमा काम गर्न जाने कामदारमा शुक्रकीट उत्पादनमा ५० प्रतिशतसम्म कमी भएको हुन्छ । किनभने, त्यहाँको उच्च तापक्रमले यस्तो हुन सक्छ । विशेषगरी खाडी मुलुकमा काम गर्न जाने कामदारमा यस्तो समस्या देखिने गरेको छ । शुक्रकीट सामान्य अवस्थामा फर्कन करिब तीन महिना लाग्ने गर्छ । त्यस समयसम्म उनीहरू पुनः रोजगारीका लागि फर्किनुपर्ने हुन्छ । त्यसकारण पनि सन्तान चाहेको समयमा हुन सकेको हुँदैन । उनीहरूका लागि आईयूआई प्रविधिबाट उपचार गर्नुपर्ने हुन्छ । यस विधिद्वारा ओम अस्पतालमा करिब दुई हजारले सन्तान जन्माएका छन् ।
Mexico has confirmed 11 pregnant women are infected with the Zika virus, out of a total of 121 cases, the government said on Monday.

Most of the cases were identified in the southern Mexican states of Chiapas and Oaxaca, according to a health ministry report.

Eight of the pregnant women are from Chiapas, two are from Oaxaca, and one is from the Gulf coast state of Veracruz, the health ministry reported.

The number of cases of infected pregnant women has risen since mid-February, when the health ministry said there were 80 confirmed cases of Zika, including six cases of pregnant women with the virus.

Much remains unknown about Zika, including whether the virus actually causes microcephaly, a condition marked by unusually small heads that can result in developmental problems.

Brazil said it has confirmed more than 580 cases of microcephaly, and considers most of them to be related to Zika infections in the mothers. Brazil is investigating more than 4,100 additional suspected cases of microcephaly.

0 comments Blogger 0 Facebook

Post a Comment

 
Dainik khabar © 2013. All Rights Reserved. Powered by Blogger
Top