हत्यारा सार्वजनिक भए लगत्तै जिल्ला प्रहरी कार्यलय कास्की गेट अगाडी उपस्थित आफन्त र महिला अधिकारकर्मीहरुले हत्यारालाई फाँसी
हुनुपर्ने र पिडितले पुर्ण शत्प्रतिशत न्याय पाउनुपर्ने माग राखेका थिए । अभियुक्त पक्राउ परेपनि हत्याको पूर्ण विवरण हेर्दा धेरैले यो हत्या नभई सामूहिक बलत्कार भएको हुनुपर्ने दाबी गरेका छन् ।
प्रहरीबाट अझै पनि स्पष्ट बयान बाहिर नआएकोमा पुन समाज नेपालले सत्य÷तथ्य कुरा सार्वजनिक गर्न जिल्ला प्रहरी कार्यालय कास्कीलगायत अन्य अनुसन्धान टोलीका पक्षसँग माग गरेको छ ।
घटनाको सत्यतथ्य पत्ता लगाई दोषी उपर कडा कार्बाहीको माग गर्दै चिप्लेढुंगाको मानव अधिकार चोकबाट ¥याली सुरु भई जिल्ला प्रहरी कार्यालय गैह्रापाटन, पालिखे चोक, महेन्द्र पुल, नयाँबजार, पृथ्वीचोक, सृजनाचोक, राष्ट्रबैंक चोक र जिल्ला प्रशासन कार्यालय हुँदै कोण सभामा परिणत हुने पुन समाज नेपाल नगर समिति पोखराले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
बुधबार संचारकर्मीहरुसँग पुन समाज नेपालका अध्यक्ष चन्द्र बहादुर पहरे पुनले विज्ञप्तिमार्फत पत्रकार सम्मेलन गरी नेहा पुनको हत्यामा प्रक्राउ परेका अभियुक्त कृतन खड्गी मात्र संलग्नता नभई सामुहिक बलत्कार गरि मारिएको हुनसक्ने बताएका छन् ।
यस हत्याको थप अनुसन्धानलाई वैज्ञानिक ढंगले प्रमाणित गर्न पुन समाज कास्कीले सम्बन्धित पक्षसँग जोडदार माग गरेको छ । विज्ञप्तिमा भनिएको छ – नेहा हत्या भएको घटनाको सुचना दिने व्यक्ति मृतक योरुना पुनको ५१ वर्षीय मामा यमप्रसाद थजाली पुन पोखरा उप–महानगरपालिका वडा नं. १५ स्थित ऋषि मार्ग पुगेका थिए । मृतक नेहाको अवस्था हेर्दा घटनास्थलका प्रत्यक्षदर्शीहरुको भनाई अनुसार अन्य स्थानमा सामुहिक बलत्कार गरी त्यस ठाउँमा ल्याएर फालिएको भन्ने छ ।
प्रहरीको प्रारम्भिक सर्वेक्षणमा पनि सामुहिक बलात्कारपछि हत्या गरिएको हुनसक्ने अनुमान गरिएको छ । माघ २५ गते भनिएता पनि खुलासाहरु पूर्ण रुपले वैज्ञानिक ढंगबाट अनुसन्धान नभएको र अझै अनुसन्धान गरि सत्य कुरा बाहिर ल्याउन जिल्ला प्रहरी कार्यालय तथा जिल्ला प्रशासन कार्यालय कास्कीसँग पुन समाज नेपालले आग्रह गरेको छ । साथै नागरिक तथा परिवारजनबाट गरिएका आशंकाहरु अहिले भाइरल जस्तै बनेको छ पोखरा ।
पुन समाज नेपाल नगर समिति पोखराले जारी गरेको विज्ञप्ति :
१) सतिस भन्ने कृतन खड्गीले पुलिससँग दिएको बयानमा न्यूरोडस्थित ओपन टेबल रेष्टुरेण्टमा बसी मादक पदार्थ सेवन गरि उक्त रेष्टुरेन्टबाट घटनास्थल आएर किन लेकसाईड गई सँगै बसी रात बिताउने प्रस्ताव राख्यो ? यसले अभियुक्तले धेरै कुराहरु लुकाएको र घटना अरु ठाउँमा घटाई राखिएको भन्ने पुष्टि हुन्छ ।
२) यदि घटना मृतकको शव फेला पारेको ठाउँमा भएको भए आपसमा झगडा भएको कुराहरु नजिकको छिमेकीले किन सुनेनन् । यसले घटना अन्य स्थानमा भएको र हत्या गर्ने मनसायले मुख बन्द गरि मारिएको पुष्टि हुन्छ ।
३) यदि घटना स्थलमा नै योरुनाको मृत्यु भएको भए योरुनाको मृत शरीरमा कालो सल कहाँबाट आयो ? यसले सुनियोजित ढंगले हत्या गरि कालो कपडाले ढाकेको पुष्टि हुन्छ ।
४) निज सतिशलाई आशंका गर्दै सतिशलाई गिरफ्तार गरेको दोस्रो दिनमा नै अभियुक्तले मैले हत्या गरेको हो भनि कबुल गरेको भएतापनि माघ २५ गते सार्वजनिक गरियो । यसबाट अपराधीलाई योजना बनाउने तथा थप आड मिल्न सक्ने आशंका हुन्छ ।
५) पोष्टमार्टम रिर्पोटबाट बलन्ड फोर्स ईन्जिुरीबाट मृत्यु भएको कारण भनिएतापनि अभियुक्तद्वारा नेहा भनिने योरुना पुनलाई हत्या गर्ने उद्देश्यले नै टाउकोमा प्रहार गरि मारेकोमाथि लेखिएका कारणबाट पुष्टि हुन्छ ।
६) पोष्टमार्टम रिपोर्टमा सामुहिक बलात्कार नभएको पुष्टि भएको र थप अनुसन्धानको लागि काठमाडौँ पठाईएको प्रहरीबाट जानकारी दिईएतापनि पूर्णरुपले वैज्ञानिक ढंगबाट अनुसन्धान गरि छिटो भन्दा छिटो सत्य तथ्य पत्ता लगाई पोष्ट मार्टम रिपोर्ट सार्वजनिक गर्न अनुरोध गरिन्छ ।
७) झगडा गरि योरुना पुनको मृत्यु भएको भए नग्न अवस्थामा र ब्रा किन माथि सारिएको अवस्थामा मृत शरीर पाईयो ? यसले योरुनालाई बलात्कार गरि आफ्नो पहिचान खुल्ने आशंका गर्दै योरुना पुनलाई मार्ने मनसाय राख्दै टाउकोमा प्रहार गरि मारेको हो भन्ने खुल्दछ ।
योरुना पुन नेहाका आफन्तजन तथा सबै नागरिकले लाशका बारेमा थप सुक्ष्म ढंगबाट अनुसन्धान तथा पोष्टमार्टम गरि सार्वजनिक गरिनुपर्ने, अनुसन्धान पछि थप अरु अभियुक्त पक्राउ गरि सार्वजनिक गरी सजाई दिनुपर्ने, घटना स्थलमा फेला परेको मृतकको शरीरमा रहेका कपडा तथा सामानहरुको वैज्ञानिक परिक्षण गरिनुपर्ने लगायतका मागहरु राखेका छन् ।

0 comments Blogger 0 Facebook
Post a Comment