मिडिया एनपी, काठमाडौं, ८ फागुन । भारतिय भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेका छन् । मोदी र ओलीबीच नयाँ दिल्लीको हैदरावाद हाउसमा दुई प्रधानमन्त्री बीच भेट भइरहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
दुई देशको सम्बन्ध कसरी सुदृढ पार्ने लगायतका विषयमा दुई देशका प्रधानमन्त्रीबीच छलफल भएको छ । उनीहरुले दिउँसो १ बजे संयुक्त पत्रकार सम्मेलनकोसमेत आयोजना गरेको बताइएको छ ।
यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री ओलीलाई राष्ट्रपति भवनमा स्वागत गरेका थिए । प्रधानमन्त्री ओलीलाई शनिबार बिहान राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । प्रधानमन्त्री ओली ६ दिने राजकीय भ्रमणका लागि शुक्रबार भारत गएका हुन् ।
Subscribe to:
Post Comments (Atom)



0 comments Blogger 0 Facebook
Post a Comment