मृत्यु’ जीवनको एक हिस्सा हो। मृत्युको बारेमा विभिन्न धर्मले आ-आफ्नै व्याख्या गरेको छ। मृत्युका कारण, मृत्यु पछिको नयाँ जन्म आदिको धर्म अनुसार केही कुरा फरक भेटिएपनि आत्मा भने अमर हुने सुन्दै र पढ्दै आएका छौँ। मृत्यु पछि के हुन्छ? कहाँ गइन्छ? यी सबैभन्दा रहस्यमा रहेका प्रश्न हुन, जुन सायदै समाधान होलान।
मृत्यु र आस्था
रहस्यमय भएकै कारण अधिकांशले ‘मृत्यु पछि के हुन्छ?’ भनेर जिज्ञासा देखाउनु कुनै अचम्मको कुरा होइन। तथापी, कसै-कसैले मरेको व्यक्तिसँग कुरा गरेको अथवा मरेको व्यक्तिको भूत देखेको पनि दाबी गर्ने गर्छन्। तर यसको कुनै वैज्ञानिक प्रमाण भने भेटिएको छैन। विज्ञानले त मरेपछि यस्तो हुन्छ भनेर भनेको छ।
हरेक धर्मको आधारभूत पक्ष नै ‘मृत्युपछि के हुन्छ’मा अडेको छ। धर्मैपच्छे यसको व्याख्या फरकफरक तरिकाले गरिएको हुन्छ, तर सबैको अर्थ एउटै हुन जान्छ- ‘शरीर मात्र मर्छ, आत्मा मर्दैन। राम्रो काम गर्नेको आत्मा स्वर्गारोहण गर्छ, नराम्रो काम गर्नेको आत्मा नर्का जान्छ।’
आत्माको उमेर कति हुन्छ?
हिन्दु धर्म र मृत्यु
यो संसारमा कुनै पनि किसिमको खुसी खोज्नु एक माया हो, भ्रम हो। मानिसको ‘आत्मा’ अमर हुन्छ, परिवर्तन हुँदैन भने शरीर चाहिँ नश्वर हुन्छ, जुन परिवर्तन हुन्छ। यसरी एउटा शरिरको मृत्युपश्चात आत्मा अर्को शरिरमा जन्म लिन्छ।
जीवनको उच्च अनि परम रूपमा पुग्ने पथ नै ‘मृत्यु’ हो। यो प्राकृतिक नियम हो, जसलाई ‘मोक्ष’ भनिन्छ।
जुनै धर्मको आफ्नै संस्कार भएपनि सत्य बोल्नु, लागुपदार्थ सेवन नगर्नु, व्यभिचार नगर्नु दान दिनु नै धर्म पालना गर्ने बाटो हो। रिस, राग, काम, क्रोध, लोभ नराख्नु धर्म हो।
कुनै पनि व्यक्तिको आत्माले सांसारिक मुक्ति पाउने नपाउने उसको कर्ममा निर्भर हुने गर्दछ। मूख्यतः कर्म ३ प्रकारको हुन्छः-
संचित कर्म – पूर्वजन्मको कर्म
पाप – आफूलगायत अरू जीव वा प्राणीको कुभलो चिताउने काम नै पाप हो।
यो जन्मको कर्म – व्यक्तिले अहिलेको जीवनमा गरेको कर्म जसले भविष्यको जन्ममा प्रभाव पार्दछ।
गीताको अनुसार, जब कुनै आत्माले मोक्ष प्राप्त गर्छ, तब मात्र उसले विश्राम पाउँछ।
सूर्य र चन्द्रमाको बाटो
भागवतगीताले शरीर मरिसकेपछि त्यसको आत्मा जाने २ वटा बाटो हुन्छ भनेको छ। एउटा हो ‘सूर्यको बाटो’ जसलाई देवको बाटो पनि भनिन्छ, अर्को हो ‘चन्द्रमाको बाटो’ जसलाई पितृको बाटो पनि भनिन्छ। सूर्यको बाटो हुँदै जाने आत्माले फेरि जन्म लिएर आउँदैन भने चन्द्रमाको बाटो हुँदै जाने आत्माले पुनर्जन्म लिएर आउँदछ।
हिन्दु धर्म र ‘आत्महत्या’
कुनै हिन्दु जो असाध्यै वृद्ध अनि बिरामी छ, उसले अब ‘मेरो मर्ने बेला भएछ’ भनि खान र पिउनै छोडेर लिने प्राणलाई हिन्दु धर्ममा पवित्र कर्मको रुपमा व्याख्या गरिएको छ। किनभने, त्यति बेला उसले प्रकृतिको नियम बुझेको हुन्छ, यो कृत्रिम संसार त केवल भ्रम रहेछ भनेर अनुभूती गरिसकेको हुन्छ।
तर, जो हिन्दुले आफ्नो जीवनदेखि हार खाएर अथवा आफ्नो प्रेमी/प्रेमीकाको बिछोडबाट विलप्त भएर आफ्नो प्राण लिन्छ, त्यस्तो व्यक्तिलाई हिन्दु धर्ममा महापापीको संज्ञा दिइन्छ। जीवनको परीक्षा देखि डराएर प्राण त्याग्नेहरूलाई अर्को जीवनमा त्योभन्दा कठीन परीक्षा भोग्नुपर्ने हुन्छ।

0 comments Blogger 0 Facebook

Post a Comment

 
Dainik khabar © 2013. All Rights Reserved. Powered by Blogger
Top