
नेपालमै पहिलोपटक तयार गरिएको रिक्सामा चार स्टोक पेट्रोल इन्जिनलाई मोडिफाइ गरेर हावाको चापबाट चल्ने बनाइएको विद्यार्थी चक्रप्रसाद कोइरालाले बताए । उनले भने–‘डिजेल र पेट्रोलबिना नै हावाको चापले चल्छ ।’ विद्यार्थीको तीन महिनाको मेहनतपछि यो टेम्पोको सफल परीक्षण भएको हो । यसको लागत रु एक लाख २५ हजार रहेको छ । ‘राज्यले वैकल्पिक वस्तुलाई प्रयोग गर्न खोजे सो हावाबाट चल्ने रिक्सा प्रयोगमा ल्याउन सकिन्छ’–मनमोहन मेमोरियल पोलिटेक्निकका प्रिन्सिपल डा. सुभास पोखरेलले भने ।
0 comments Blogger 0 Facebook
Post a Comment