आईफोन ६ मा नयाँ अपडेटसँगै केही समस्या देखिन थालेको छ। ‘एरर ५३’ (Error 53) नामक समस्या पहिले पनि एप्पलका उत्पादनमा देखा परेको बताइएको छ।
 
एप्पलको अवैधानिक कर्मचारीले केही आईफोनको टच आईडी मर्मत गरेपछि उक्त आईफोन निष्क्रिय भएको द गार्डियनको रिर्पोटमा उल्लेख गरिएको छ।
 
मर्मत गरिएका आईफोनले आईओएस ९ अपडेट लिन थालेपछि यस्तो समस्या देखिएको हो। एक जना फ्रि लान्सर फोटोग्राफरले आफ्नो फोन अपडेट गरेपछि यस्तो समस्या भएको जनाएका छन्। उनले वर्षौँदेखि एप्पलका उत्पादन प्रयोग गर्दै आइरहेको र फोनमा समस्या आएपछि लन्डनको एक एप्पल स्टोरमा फोन देखाएपछि मर्मत गर्न निमल्ने स्टोरका कर्मचारीले बताएको उनले जनाएका छन्।
 
धेरै आईफोन ६ यो समस्या देखिएको छ। अपडेट पश्चात् आफ्नो फोनलाई प्रयोग गर्न नसकिएको वलीहल नामक व्यक्तिले एप्पलको डिस्कसन फोरममा पनि लेखेका छन्। उनले आफ्नो फोनको अगाडिको सिसा फेरेको र त्यसपछि फोन प्रयोग गर्न नसकिएको उनले बताए।
 
पुरानै आईओएसमा भएपनि उक्त फोन प्रयाग गर्न चाहेको उनले बताएका छन्।
 
कुनै पनि फोन यदि एप्पलको आधिकारिक कर्मचारी बाहेक अन्य मान्छेले मर्मत गर्दा टच आईडी सेन्सरले मेल नखाँदा यस्तो समस्या भएको एप्पलकी प्रवक्ताले बताएको छन्। यदि यस्तो कुनै समस्या देखिएमा एप्पलको आधिकारिक स्टोरमा मात्र आफ्नो फोन देखाउन सुझाव दिइन्।

0 comments Blogger 0 Facebook

Post a Comment

 
Dainik khabar © 2013. All Rights Reserved. Powered by Blogger
Top