चितवन- पूर्व चितवनको खैरहनीमा आज बिहान ३ बजे सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। आठ जना घाइते भएका छन्। पूर्वबाट नारायणगढतर्फ आउँदै गरेको बा३ख १७५७ नम्बरको ट्रक अनियन्त्रित भएर पल्टिएको स्थानमा काठमाडौँबाट वीरगन्ज जाँदै गरेको ना५ख ६३१९ नम्बरको बनेपा डिलक्स बस ठोक्किन पुग्दा सो दुर्घटना भएको हो। दुर्घटनामा परी लडेको ट्रकको सामान मिलाउँदै गरेका सुनिल बस्ताकोटीको ज्यान गएको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी नायब निरीक्षक जीतेन्द्र चौधरीले जानकारी दिए। बसले हान्दा ट्रकका सहचालक शिवराम खत्रीसहित बसका यात्रु आठजना घाइते भएका छन्। उनीहरुको अहिले चितवन मेडिकल कलेज र भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। राति करिब १२ बजेको समयमा ट्रक पल्टिएको थियो। ट्रकको सुरक्षाका लागि प्रहरी भ्यानसहित बसेकाबेला बसले प्रहरी भ्यानलाई ठक्कर दिएर पल्टिएको ट्रकलाई समेत ठक्कर दिन पुगेको चौधरीले जानकारी दिए।

0 comments Blogger 0 Facebook

Post a Comment

 
Dainik khabar © 2013. All Rights Reserved. Powered by Blogger
Top