
बाहुबली’ अभिनेता प्रभाषले शरीरको वजन १५० किलो बनाउने भएका छन् । उनको यो वजन बाहुबली सिक्वेलका लागि हो । भारतीय सञ्चारमाध्यमका अनुसार प्रभाष हाल दिनहुँ ५० वटा अण्डा, आधा किलो चिकेन, ब्राउन राइस, सलाद र फल सेवन गरिरहेका छन् । त्यति मात्र नभई खाना सेवन र शरिर बनाउने तरिका सिकाउन दुई जना डायटिसियन र ट्रेनर उनका साथमा रहन्छन् । उनी अचेल हरेक दिन पाँच घण्टा जिमखानामा बिताउँछन् । हाल उनको शरीरको वजन १३० किलो पुगिसकेको छ र अबको दुई हप्तामा २० किलो तौल बढाउनुपर्नेछ । बताइएअनुसार भारतका कुनै पनि अभिनेताले यति धेरै वजन बढाउन लागेको पहिलो उदाहरण हो । कसरतका बारेमा बोल्दै प्रभाषले भनेका छन्,‘पहिलो सिक्वेलमा मेरो तौल ९५ किलो थियो । अब पहिलेभन्दा अजंगको देखिनुपर्नेछ ।’ बाहुबलीको चरित्रका लागि प्रभाष मात्र नभई राणा दग्गुबात्ति पनि जिममा उत्तिकै मेहनत गरिरहेका छन् । उनी पनि वजन बढाउने कसरतमा छन् भने फिल्मकी अभिनेत्री अनुष्का अमेरिकामा वजन घटाउने कसरतमा छिन् ।
0 comments Blogger 0 Facebook
Post a Comment