कास्की प्रहरीले नायिका नेहा पुन मगरको हत्यामा संलग्न  भएको अभियोगमा एक जनालाई पक्राउ गरेको छ।
पोखरा न्युरोडका २५ वर्षीय सतिश खड्गीलाई पक्राउ गरि प्रहरीले सोमबार सार्वजनिक गरेको हो। दुवै जनाले रेष्टुरेन्टमा बसेर मादक पदार्थ खाएको र नेहालाई घरमा पुर्‍याउने क्रममा २ जनाबीच भनाभन हुँदा हेल्मेटले हानेर नेहाको हत्या गरेको एसपी हरिबहादुर पालले जानकारी दिए।
घटना भएको दिन गत सोमबार राती दुवै जना न्युरोडमा नै रहेको एक रेष्टुरेन्टमा बसेर खाना खाएका थिए। त्यही उनीहरूले मादक पदार्थ पनि सेवन गरेको प्रहरीले जनाएको छ।  नेहालाई कोठामा छाड्न जाने बेला सतिशले लेकसाइड जान आग्रह गरेका थिए। नेहा जान नमानेपछि नेहालाई बाइकमा पछाडि राखेर लगेका थिए।

प्रहरी अनुसन्धानका क्रममा बाटोमा नेहा र सतिशबीच विवाद भएको देखिएको छ। सतिशले रातभर आफूसँग सगै बस्न भनेपछि नेहाले नमानेपछि घटना भएको प्रहरीले जनाएको छ। सो क्रममा नेहाले पनि आफूलाई अपशब्द बोलेकाले  आवेगमा आएर हेल्मेटले उनको टाउकोमा हानेको सतिशले प्रहरीसमक्ष बयान दिएका छन्।
नेहाको शव भेटिएपछि धेरैले बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका गरेका छन्। तर प्रहरीले भने यस विषयमा मेडिकल रिपोर्ट आउन बाँकी रहेको बताएको छ। पोखराका अस्पतालहरुले नेहाको मेडिकल रिपोर्ट दिन नसकेपछि अहिले काठमाडौंमा पठाइएको र रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

0 comments Blogger 0 Facebook

Post a Comment

 
Dainik khabar © 2013. All Rights Reserved. Powered by Blogger
Top