
सरकारले सार्वजनिक यातायातमा ‘नाम मात्रैको’ भाडा घटाएको छ । यातायात व्यवस्था विभागले तोकेको नयाँ भाडा दर अनुसार यात्रु बाहक सवारीमा २.५३, मालवाहक सवारीमा तराईमा ३.७६ र पहाडमा ३.२८ तथा ट्याक्सीमा १.६५ प्रतिशत भाडा घटेको छ । छोटो दूरीमा भने नयाँ भाडा दरले कुनै पनि राहत दिएको छैन । उपत्यकाका रूटमा कम्तिमा १३ र बढीमा २४ रूपैयाँ नै रहेको छ । ट्याक्सीको मूल्य भने प्रतिकिलोमिटर ३६ बाट घटेर ३५ रुपैयाँ हुन आएको छ । वैज्ञानिक पद्धतिबाट इन्धनलाई मात्र आधार मानेर नयाँ भाडा दर तोकिएको विभागको तर्क रहेको छ । नेपाल आयल निगमले गत माघ गते ४ पेट्रोलमा प्रतिलिटर ५ रूपैयाँ, डिजेल र मट्टितेल समान ६/६ रुपैंयाँ घटाएको थियो ।
0 comments Blogger 0 Facebook
Post a Comment