मानिसहरु आफ्नो उमेर चाँडै ढल्किएको मन पराउँदैनन् । यो स्वभाविक पनि हो । बुढो हुनु र उमेर चाडै जानु एउटा प्राकृतिक नियम हो भने अर्को चाँही खानपान पनि हाे । उमेर छदै बुढो वा बुढी देखिनु भएकाे छ भने अब चिन्ता नगर्नुस् ।
मानिसले खानपानमा विशेष ध्यान दिए सधै सदावहार जवान देखिने जानकारहरुले बताएका छन् । उनीहरुका अनुसार फिट र एक्टिभ हुन मानिसको जीवन शैलीको ठूलो हात हुन्छ । स्वास्थ्य विशेषज्ञहरुले निम्न खानेकुराहरु नियमित खाने गरेमा सदावहार जवान देखिन मदत पुग्ने बताएका छन् । जसको जानकारी छोटकरीमा निम्न अनुसार छ ः
लौकीः
चिकित्सकहरुका अनुसार लौका शरिरलाई तन्दुरुस्त राख्ने सवालमा वैज्ञानिक रुपमासमेत प्रमाणित भइसकेको बताएका छन् । लौकीमा फाइबरको मात्रा धेरै हुने र फ्याट एउटै नहुने बताएका छन् । यसले मानव शरिरको तौल कम गर्न मदत पुग्ने उनीको धारणा छ । लौकामा ९६ प्रतिशत पानी र १२ प्रतिशत क्यालोरी हुन्छ । यसकारण लौका नियमित खाने गर्नाले शरीरमा क्यालोरी दिने र मोटोपन हुनबाट बचाउने गर्दछ ।
कांक्रोः
शरिरमा भएको अनावश्यक तौल कम गर्न काँक्रा नियमति खानु पर्ने विशेषज्ञहरुको भनाई छ । कांक्रामा पनि पानीको मात्रा अधिक हुने गर्छ । काँक्रामा ९० प्रतिशत पानी हुन्छ । यसले मोटोपन घटाईदिने गर्छ । यसको साथ साथै कोबी, गाजर, टमाटर जस्ता खानेकुराहरु नियमित खाने गर्नाले शरिरलाई फाइदा पुग्ने विशेषज्ञहरुको सुझाव रहेको छ ।
नरिवलको पानीः
नरिवल पानीलाई नेचुरल ड्रिंक्स भनि भनिन्छ । यसले अल्सर र पेटका समस्याहरु हटाई शरिरको तौल कम गर्न मदत गर्छ । शरीरको टक्सीनलाई नरिवल पानीले बाहिर निकाली दिन्छ । प्रत्येक विहान एक ग्लास नरिवल पानी खाने गर्नाले शरिरमा निकै नै बदलाब आउने विशेषज्ञहरुको भनाई छ ।
ब्लाक कफि र ग्रीन टी :
ग्रीन टी र ब्लाक कफि नियमित पिउने गर्नाले मोटोपन घटाउने गर्छ । यो नियमित खाने गर्नाले केही हप्तामा नै शरिरको तौल घट्ने गर्छ । ग्रीन टीमा एन्टीअक्सीडेट भरपूर मात्रामा हुने गर्छ ।
सफा पानी
पानी पर्याप्त पिउने गर्नाले शरीरको क्यालोरी बढ्छ र मोटोपन कम गरिदिन्छ । त्यो सँगसँगै पानीले शरिरको अनावश्यक टक्सीसहरुलाई बाहिर निकाली दिन्छ । पानीलाई तातो र चिसो भन्दा पनि मनतातो पारेर पिउन उनीहरुले सुझाएका छन् । पानी खान खानुभन्दा अगाडि र खाना खाईसक्ने वित्तिकै न पिउन उनीहरुको सुझाव रहेको छ ।

0 comments Blogger 0 Facebook

Post a Comment

 
Dainik khabar © 2013. All Rights Reserved. Powered by Blogger
Top