सप्तरी, २१ माघ । विभिन्न
आपराधिक घटनामा संलग्न रहेको भन्दै प्रहरीले एकजनालाई पक्राउ गरी
सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा जिल्लाको फर्सेठ गाविस–३ निवासी
सुरेन्द्रकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ
। यादवले राजविराज नगरपालिका–५ निवासी महेशनाथ शर्मा लुइँटेललाई भारतीय
मोबाइल नम्बरबाट आफू भगतसिंह पार्टीको कार्यकर्ता रहेको भन्दै रु ५० लाख
फिरोती माग गरेको र मागेजति रकम नदिएपछि गत माघ १९ गते राति लुइँटेलको घरमा
बम विस्फोट गराएको प्रहरी निरीक्षक सुरज खड्काले बताउनुभयो ।
त्यस्तै
यादवले गत माघ १ गते सप्तरीको कञ्चनरुप नगरपालिका–१ बस्ने उपेन्द्रप्रसाद
साहलाई समेत भारतीय नम्बरबाट फोन गरी रु १० लाख २४ घन्टाभित्र फिरौती माग
गरेको र नदिएपछि गत माघ २ गते साँझ साहको घरमा बम विस्फोट गराएको प्रहरी
बताएको छ । पक्राउ परेका यादव अपहरण लुटपाट र विभिन्न आपराधिक क्रियाकलापमा
संग्लन देखिएकाले उनीविरुद्ध मुद्दा चलाउने तयारी गरिनुका साथै थप
अनुसन्धान भइरहेको छ ।
Subscribe to:
Post Comments (Atom)

0 comments Blogger 0 Facebook
Post a Comment