काठमाडौ, २० माघ । पूर्व युवराज पारस शाहकी थाइल्यान्डमा रहेकी प्रेमीका कन्निका चाइसनले आफ्नो आठ वर्षीय छोराको पिता पारस रहेको दावी गरेकी छिन्।
पूर्व युवराज पारस शाह थाइल्यान्डमा बस्दा प्रेमीका कन्निका चाइसनसँगै बस्दै आएका थिए । उनी त्यहाँ बस्दा पटक पटक लागू औषध काण्डमा पनि मुछिएका थिए ।
यसअघि पटक-पटक पारसबारे फेसबुकमा लेख्दै आएकी कन्निकाले बुधबार दिउँसो पहिलो पटक आफ्नो छोराबारे खुलासा गरेकी हुन्। बुधबार दिउँसो केही स्टायटस लेखी फोटोहरुसमेत पोस्ट गरेकी छिन्।
उनले फेसबुकमा स्टाटस लेख्दै भनेकी छन्," मेरो छोरा युनिभर्सले मलाई सोध्ने गर्छ, तपाईँ किन नेपाल जानु हुन्न जहाँ मेरा बुबा हुनुहुन्छ। म आफ्नो बुबासँग बस्न चाहन्छु। अनि मैले भन्ने गर्छु- तिम्रो बुबा र आमा पनि मै हुँ", उनले एउटा स्टायटसमा लेखेकी छिन्।
त्यसैगरी उनले लेखेको अर्को स्टायटसमा भनिएको छ, "मैले आफ्नो एक्ससँग छुट्टिने निर्णय युनिभर्स (छोरा) तीन महिना हुँदा गरेको थिएँ। अहिले ऊ आठ वर्षको भयो र अझै ऊ पारस शाहलाई सम्झिएर बसेको छ। उसले आफ्नो बुबालाई कहिल्यै भेटेको छैन। यो प्रश्न सोध्दा मेरो आँखामा आँसु आउँछ।"

0 comments Blogger 0 Facebook
Post a Comment