काठमाडौँ, २६ माघ । नेपाली काँग्रेसका पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको असामयिक निधनप्रति स्तब्ध हुदै कांग्रेसले उनीप्रति शोक प्रकट गर्न ३ दिनसम्म देशभरीका पार्टी कार्यालयहरु बन्द गर्ने निर्णय गरेको छ। आज बसेको काँग्रेसको आकस्मिक बैठकले १३ दिनसम्म पार्टीको तर्फबाट कुनै औपचारिक कार्यक्रम समेत नगर्ने निर्णय गरेको महामनन्त्री प्रकाशमान सिंहका सहयोगी यूपी लामिछानेले जानकारी दिए । पार्टी उपसभापति रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले पारित गरेको शोक प्रस्तावमा संविधान निर्माणको प्रक्रियामा महत्वपूर्ण र मुख्य भूमिका निर्वाह गरेका स्व कोइरालाको योगदानलाई मुलुकले सदैव गर्वसाथ स्मरण गर्ने उल्लेख छ।

0 comments Blogger 0 Facebook

Post a Comment

 
Dainik khabar © 2013. All Rights Reserved. Powered by Blogger
Top