महानगरीय प्रहरीले काठमाडौं उपत्यका जोड्ने नाकाहरुमा 'भेइकल एक्स-रे' राख्न प्रस्ताव गरेको छ। कारोबार दैनिकमा समाचार छ।
 
अपराधिक गतिविधिविरुद्धको अभियानलाई सफल बनाउन भन्दै महानगरीय प्रहरी कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका नाका हुँदै आवागमन गर्ने सवारी साधन र यात्रुको जाँच गर्न एक्स-रे मेसिनको प्रस्ताव गरेको हो। 
 
यो प्रस्ताव कार्यान्वयनमा आए राजधानीका नाका प्रयोग हुने लागू औषध ओसारपसार, सुन तथा रक्तचन्दन तस्करी, अबैध हातहतियार कारोबार लगायत गतिविधि नियन्त्रणमा मदत हुने प्रहरीले  जनाएको छ। 

0 comments Blogger 0 Facebook

Post a Comment

 
Dainik khabar © 2013. All Rights Reserved. Powered by Blogger
Top