एक रिसर्च अनुसार २०२० सम्ममा कम्तीमा ५१ प्रतिशत स्मार्टफोनका डिस्प्ले फोल्डेबल हुनेछन् ।
सन् २०१६ भित्रै फोल्डिङ स्मार्टफोन बजारमा आउने अनुमान गरिएको छ । यस दौडमा विशेष गरी सामसुङ र एलजी अगाडि देखिएका छन् । कोरियन स्मार्टफोन जायन्ट सामसुङले केही वर्षअघि नै यस्तो फोल्डिङ स्मार्टफोनको विकासमा लागेको र यो सम्भवत: २०१६ को जनवरीभित्रै बजारमा आउने दाबी गरेको थियो । अहिले यो सम्भावना कम रहे पनि यही वर्षभित्र यस्ता स्मार्टफोन आएर छिट्टै अहिलेको स्मार्टफोनको बजारलाई उछिन्ने बताइएको छ ।
२०१४ मा सामसुङ ग्यालेक्सी नोट एज बजारमा आयो । यसमा पहिलोपटक कर्भ डिस्प्ले प्रयोग भएको थियो । अघिल्लो वर्ष आएका सामसुङ ग्यालेक्सी एस ६ र सामसुङ ग्यालेक्सी एज ६ प्लसमा डुअल कर्भ डिस्प्ले राखिएको थियो । एलजीले पनि यस्तै कर्भ डिस्प्ले भएका स्मार्टफोनहरूको (एलजीजीफ्लेक्स सिरिज) विकास गरिसकेको छ । कर्भ डिस्प्लेको विकाससँगै फोल्डेबल डिस्प्लेको सम्भावना बढेको हो । आईएसएचको रिसर्च अनुसार फोल्डिङ डिस्प्ले २०१६ मै भित्रिनेछ । यही रिसर्च अनुसार २०२० सम्ममा कम्तीमा ५१ प्रतिशत स्मार्टफोनका डिस्प्ले फोल्डेबल हुनेछन् ।
अहिले सामसुङ र एलजीले यस्ता स्मार्टफोनमा आफ्ना डिजाइन सुरक्षित गर्न प्याटेन्ट लगाउने तयारी गरिरहेको छ । यस्तो प्रविधिको विकासले भविष्यमा स्मार्टफोन झन् पातलो हुन सक्छन् । तर, धेरैपटक फोल्ड र अनफोल्ड गर्दा स्क्रिन बिग्रिन सक्ने सम्भावना पनि रहन्छ । र, अहिले स्मार्टफोन निर्माता कम्पनी यही समस्याको समाधान खोज्नमा केन्द्रित भएको अनुमान छ । आईएसएचको रिसर्च अनुसार नै फोल्डेबल डिस्प्ले सफल भएमा आइफोन पनि भविष्यमा यस्तो डिस्प्ले प्रयोग गर्न बाध्य हुनेछ ।

0 comments Blogger 0 Facebook
Post a Comment