दक्षिण अमेरिकाबाट फर्किएका एक ३४ बर्षिय व्यक्तिमा जिका भाइरसको संक्रमण देखिएको चिनियाँ अधिकारीहरुले पुष्टी गरेका छन्। यो चीनमा जिका भाइरस संक्रमण पुष्टी भएको पहिलो घटना हो।
चीनको केन्द्रीय स्वास्थ्य तथा परिवार योजना आयोगका अनुसार जिआन्छी प्रान्तको गान्छियानका बासिन्दा रहेका ती व्यक्तिमा दक्षिण अमेरिका भ्रमणका क्रममा उक्त भाइरस संक्रमण भएको हो।
लामुखट्टेबाट फैलने यो भाइरस चिसो मौसम भएकाले यो भाइरसको संक्रमण अन्तत्र फैलन नसक्ने अधिकारीहरुले बताएका छन्।
ती व्यक्ति भेनेजुएला भ्रमणमा रहेका बेला यो भाइरसको संक्रमण देखिएको थियो । त्यतिबेला उनलाई ज्वरो आउने र रिङ्गटा लाग्ने जस्ता लक्षण देखिएको थियो।
अहिले उनको उपचार भइरहेको चिनिया अधिकारीलाई उद्धृत गर्दै सिन्ह्वा न्युजले जनाएको छ। 

0 comments Blogger 0 Facebook

Post a Comment

 
Dainik khabar © 2013. All Rights Reserved. Powered by Blogger
Top