सुशील कोइराला एक दशकदेखि पार्टीको महत्वपूर्ण जिम्मेवारीमा रहे। उनी २०६८ असोजमा भएको १२औं महाधिवेशनमा वरिष्ठ नेता शेरबहादुर देउवालाई पराजित गर्दै पार्टीको सबैभन्दा उच्च पद सभापतिको जिम्मेवारीमा पुगेका थिए। त्यसअघि कोइरालाले कार्यबाहक सभापति र महामन्त्रीको जिम्मेवारी सम्हालिसकेका थिए।
२०३४ सालपछि पार्टीको केन्द्रीय नेतृत्वमा निरन्तर रहेका कोइराला राजतन्त्रविरुद्ध तथा प्रजातान्त्रिक आन्दोलनमा सक्रिय थिए। ११औं महाधिवेशनपछि उपसभापतिको जिम्मेवारी सम्हालेका कोइराला २०६४ असोजमा नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिक एकीकरणसँगै कार्यबाहक सभापतिको जिम्मेवारी सम्हालेका थिए। त्यसअघि नै कोइरालाले पार्टी महामन्त्रीको जिम्मेवारी सम्हालिसकेका थिए।
२०१७ सालमा तत्कालीन राजा महेन्द्रले जननिर्वाचित सरकारलाई अपदस्त गरेपछि राजनीतिक यात्रा सुरु भएको हो। राजाको 'कू'पछि भारत निर्वासनमा रहेका बिपी कोइरालाको सहयोगीका रूपमा उनले राजनीतिक यात्रा प्रारम्भ गरेका हुन्।
खुला राजनीतिमा धेरैपछि प्रवेश गरेका कोइरालालाई समाजका विभिन्न आयामसँग टाढा र खुला राजनीतिक संस्कारलाई अँगाल्न नसकेको आरोप पार्टीभित्रै पनि लाग्ने गरेको थियो। लोकतन्त्रप्रतिको निष्ठा र लगावलाई यिनका विरोधीहरू पनि प्रशंसा गर्छन् भने आलोचकहरूले सानो घेरामा विश्वास गर्ने नेताका रूपमा हेर्ने गर्छन्।
अविवाहित कोइरालाले २०१६ सालअघि नै बनारसमा नृत्य र फोटोग्राफीसम्बन्धी प्रशिक्षण लिएका थिए। कोइराला कोरियोग्राफी सिक्न र हलिउडमा काम गर्न अमेरिका जाने अन्तिम तयारीमा रहेका बेला तत्कालीन राजा महेन्द्रले २०१७ पुस १ गते जननिर्वाचित सरकार अपदस्त गरेको थियो। त्यसपछि बदलिएको घटनाक्रमसँगै उनको राजनीतिक यात्रा सुरू भयो।

कृष्णप्रसाद कोइराला सिन्धुलीको दुम्जाबाट व्यापार गर्न मोरङको रंगेली झरेका थिए। भन्सार ठेक्काको काम थालेका कृष्णप्रसादले आफ्नो व्यापारका लागि आवश्यक काम दारपनि आफ्नै गाउँबाट ल्याएका थिए। सोही क्रममा सुशील परिवारपनि रंगेली झरेका हुन्।
जागिरका क्रममा सुशीलका पिता बोधप्रसाद नेपालगञ्ज पुगेका थिए। लामो समय बोधप्रसाद नेपालगञ्ज बसेका थिए। डीएफओ भएर बोधप्रसाद लामो समय नेपालगञ्ज बसेपछि सुशील उतै बस्न थालेका हुन्। उनको भाइ (अशोक) अहिले पनि बिराटनगरमा नै बस्छन् भने अरुण र विजय नेपालगञ्जमा। अरुण र अशोक दुबै कांग्रेसमा सक्रिय छन्।

बीपी, गिरिजाप्रसाद कोइरालाको भाइका रुपमा सुशीललाई कांग्रेसका नेता तथा कार्यकर्ताले हेर्ने गरेका छन्। सुशीलकी आमा बीपी/जीपीका आमाको बहिनी हुन्।
२०५१ को मध्यावदी र २०६४ मा भएको संविधानसभा निर्वाचनका पराजीत कोइराला २०५८ मा भएको संसदीय दलको निर्वाचनमा शेरबहादुर देउवासँग पराजीत भएका थिए।
Last modified onTuesday, 09 February 2016 07:33

0 comments Blogger 0 Facebook
Post a Comment