इटहरी, २१ माघ । इटहरी उप-महानगरपालिका–१ को मुख्य चोकमा रहेको आठ तले व्यापारिक भवनमा आज विद्युत् सर्ट भई सुरु भएको आगलागीबाट कम्तीमा १०० वटा थोक व्यापारिक पसल, सुविधा गेस्ट हाउसलगायतका ठूलो व्यापारिक भवनहरु जलेर नष्ट हुँदा अरबौँ रुपियाँको नोक्सानी भएको छ ।
साझ ५ बजे सुरु भएको आगोलाई इटहरी, धरान, विराटनगर, इनरुवालगायतका दमकलले नियन्त्रण गर्ने प्रयोग जारी रहेको छ । आगोको मुस्लो र धुँवा नियन्त्रण बाहिर छ । आज बिहीबार इटहरीका बजार बन्द हुने भएकाले मानवीय क्षति भने भएको छैन ।
नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरीले आसपासमा आगो फैलन नदिन नजिकका घरका सिसा फुटाइरहेका छन् । आसपासका पसलबाट लत्ताकपडा अन्तै सार्ने काम भइरहेको छ । सो क्षेत्रमा हजारौँको सङ्ख्यामा सर्वसाधारणको भीड रहेको छ ।
सो आसपासमा चल्ने सवारीका साधनलाई रोक लगाइएको छ ।  आगलागी जारी रहेकोले क्षतिको पूर्ण विवरण आउन सकेको छैन ।
उप-महानगरपालिका हुनु पर्नेमा अन्यथा भएकाेमा सच्याइएकाे छ ।

0 comments Blogger 0 Facebook

Post a Comment

 
Dainik khabar © 2013. All Rights Reserved. Powered by Blogger
Top