काठमाडौं— नेपाल टेलिकमले रिचार्ज नगरी भ्यालिडिटी सकिएका सीम/रिम कार्डलाई पुनः एक्टिभ गरी सञ्चालनमा ल्याउन ९० रुपैयाँ लाग्ने र त्यसमा ५० रुपैयाँ टक टाइम पाइने जनाएको छ। सबैभन्दा ठूलो टेलिकम सेवा प्रदायक टेलिकमले जीएसएम र सिडीएमए मोबाइलको हराएको सिम एक्टिभ गर्दा लाग्ने शुल्क पनि घटाएको छ। अबदेखि हराएको सिम एक्टिभेसन शुल्क ५० रुपैयाँ मात्रै पर्नेछ। यसअघि कार्ड परिवर्तन गर्दा १०० रुपैयाँ पुल तथा फ्रोजन स्टेजमा गएका सीम पुनः एक्टिभ गर्दा २ सय रुपैयाँ तिर्नुपथ्र्यो।


 'टेलिकमले भोलि मंसिर १० गते देखि जीएसएम/सिडिएमए मोबाइलको हराएको वा बिग्रेको सीम÷रीम कार्ड परिवर्तन गर्दा रु. ५०।– मात्र शुल्क लिने निर्णय गरेको छ', प्रवक्ता प्रतिभा वैद्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

0 comments Blogger 0 Facebook

Post a Comment

 
Dainik khabar © 2013. All Rights Reserved. Powered by Blogger
Top