कायरो, २० माघ । इजिप्टको पुनरावेदन अदालतले इस्लाम समर्थक १४९ व्यक्तिलाई सुनाएको यस अघिको मृत्युदण्डसम्बन्धी सजाय उल्टाइदिएको छ ।
ती व्यक्तिलाई प्रहरीको एक समूहमाथि आक्रमण गरी हत्या गरेको आरोपमा मृत्यु दण्डको सजाय सुनाएको थियो । सन् २०१३ को अगस्टमा कायरोनजिकै भएको एक प्रहरीचौकीमा आक्रमण गरी हत्या गरेको आरोप लगाइएको थियो । उक्त दिनमा राजधानी कायरोमा सयौँ इस्लामिक प्रदर्शनकारीलाई प्रहरीले गोली प्रहार गरेका थिए ।
गतबर्ष पनि इजिप्टको अदालतले सयाँैं व्यक्तिको मृत्युदण्ड उल्टाएको थियो । सन् २०१३ को अगस्टको करिब दुई महिनापछि प्रहरीले करिब ७०० प्रदर्शनकारीको हत्या गरेको बताइएको छ.

0 comments Blogger 0 Facebook
Post a Comment