काठमाण्डौं , २८ माघ ।  चालू आर्थिक वर्षको पुसमा रोजगारीका लागि विदेश गएका ९८ नेपाली कामदारको मृत्यु भएको छ । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको तथ्यांकअनुसार चालू आवको पुससम्ममा ४६९ नेपाली कामदारले विदेशमा ज्यान गुमाइसकेका छन।
गत वर्षको यही अवधिमा ४२७ नेपाली कामदारको मृत्यु विदेशमा भएको थियो । यो तथ्यांक वैधानिक ढंगबाट श्रम स्वीकृति लिएर गएका कामदारको मात्र हो ।
अवैध ढंगबाट गएर मृत्यु भएका कामदारको संख्या पनि ठूलै रहेको अनुमान छ । सबैभन्दा बढी कामदारको मृत्यु मलेसियामा भएको छ । साउदी अरब, कतार ,युएई र कुवेतमा पनि बढी कामदारको मृत्यु भएको बोडेले जनाएको छ ।आजको कारोबार दैनिकमा खबर छ ।

0 comments Blogger 0 Facebook

Post a Comment

 
Dainik khabar © 2013. All Rights Reserved. Powered by Blogger
Top