आगामी ३ दिनभित्र पर्ने व्रत÷पर्व तथा शुभ मूहुर्त :
भोलिको व्रत÷पर्व : शनिप्रदोष व्रत, सौभाग्यसूर्प दान,
भोलिको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), गृहारम्भ, वास्तुमुहूर्त, द्रव्यप्रयोग वा लगानी, घर छाउने÷ढलान गर्ने,
०९ गते : श्री पशुपतिनाथको छाया दर्शन, रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि),
१० गते : पूर्णिमा व्रत, श्री स्वस्थानी व्रतको समापन, माघ स्नानको समापन, माघ यात्रा, झापाको किचकबधमा मेला, नेवारी पर्व सिपुन्हि, शुभविवाह,
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक रहने छ । परोपकारी काम र समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने योग छ । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना छ । आम्दानीमा कमी आउने छैन । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मानप्रतिष्ठा र ख्याति बढ्ने समय आएको छ । सामाजिक काममा संलग्न हुनुपर्ला । घुमघाम र भेटघाटको समय छ, मेवामिष्ठान्न र परिकार मिल्नेछ । नातागोताको कामधन्दा गर्दा सन्तुष्टि प्राप्त हुनेछ । पढाइलेखाइको क्षेत्रमा प्रगति हुनेछ । विशिष्ट व्यक्तिसँग भेटघाट हुनेछ । व्यापारबाट लाभ पाइने छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
सामाजिक वा छरछिमेकीका काममा खट्नु पर्नेछ, तर जस र प्रतिष्ठाको सम्मान नहुन सक्छ, अन्त्यमा कताकता निराशाबोध हुनसक्छ । आत्म–विश्वासमा कमी आउने छ । विशिष्ट व्यक्तित्वसित विवादको सम्भावना छ । पारिवारिक जमघटमा नमज्जा हुनसक्छ । मन पर्ने वस्त्र, अलङ्कार आदि प्रयोग गर्न पाइने छैन । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ, रकमको कारोबार र लेनदेनमा विवाद आउन सक्छ । जुवातास र सट्टाबाजीबाट जोगिनु राम्रो हुन्छ । नचाहेको जिम्मेबारी आइलाग्छ, मनमा उत्साह देखिंदैन । परिवारका कुनै सदस्यको अस्वस्थताका कारण चिन्ता बढ्ने छ । खर्चको मात्रा बढ्न सक्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
राजनैतिक र सामाजिक क्षेत्रबाट फाइदा लिने काम गर्ने अनुकूलता प्राप्त हुनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । मन फुरुङ्ग हुनेछ । सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ । विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागी हुनु पर्नेछ । घरपरिवार र सन्ततिप्रतिको जिम्मेबारी बढ्ने छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
धैर्यधारण गरी परिश्रम गर्ने कर्मसिद्धिको समय आएको छ । व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुँदैन, मिहिनेत गरेबमोजिम आम्दानी बढाउन सकिने छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । ठूलाबडाको आशीर्वाद प्राप्त भएमा कार्य सम्पन्न हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
सार्वजनिक हीत र परोपकारका क्षेत्रमा सक्रियता बढ्नाले प्रशंसा प्राप्त हुनेछ । परिवारभित्रै वा छरछिमेकमा सम्पन्न हुने धार्मिक÷सांस्कृतिक गतिविधिमा संलग्न हुने पर्नेछ । कामको दायित्व थपिने सम्भावना छ । आम्दानीमा कमी आउने छैन । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा र सम्मान पाइनेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
तपाईंको कडा परिश्रम व्यर्थै खेर जान सक्छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ । बोलीमा संयमता अपनाउनु होला, आफूले भनेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ । नजिकैको मित्र वा नातेदारले अपमानित तुल्याउन सक्छ । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
सामान्य विवादले ठूलो रूप लिन सक्छ, प्रेमसम्बन्ध वा प्रणयप्रसंगमा तिक्तता आउन सक्छ, सचेत हुनुहोला । सरकारी जागिरेका लागि कामको चाप बढ्ने छ । आम्दानी राम्रै भए पनि मनोरञ्जनात्मक काम वा रमणीय यात्राको सम्भावना छ र रामरमाइलोका क्रममा खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आजको दिन चुनौती र परीक्षणका रूपमा देखा परेको छ । वादविवाद, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ, तर परिणाम तपाईंकै पोल्टामा आउने छ । बन्दव्यापार र उद्योगधन्दामा फाइदा छ । वैदेशिक प्रयोजनको वा लामो दूरीको यात्राका लागि प्रयास हुने सम्भावना छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
मानसम्मानमा बृद्धि हुनेछ । आज मुखमा सरस्वतीको बास भएको दिन हो, त्यसैले महत्वपूर्ण ठाउँमा बोली बिक्नेछ । बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । पढाइलेखाइमा ध्यानकेन्द्रित हुन सक्दैन । सँगीसाथी र आफन्तले भनेजस्तो सहयोग पुर्याउन सक्दैनन् । झैझगडा र विवादबाट टाढा बस्ने दिन हो । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको चित्त बुझाउन सकिंदैन । प्रेमसम्बन्धमा विश्वासको कमी देखिने छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६ः४० उत्तर तथा देशान्तर : ८७ः१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )
0 comments Blogger 0 Facebook
Post a Comment